काठमाडौं : नेफ्टा अवार्डको दशौं संस्करण चैत्र १५ गते टुँडिखेलमा हुने भएको छ । सोमबार राजधानीमा पत्रकार भेटघाटबीच दशौं नेफ्टा अवार्डको नेपालमा गर्ने घोषणा गरिएको हो । नेपाल भ्रमण बर्ष सन् २०२० लाई लक्षित गर्दै ‘ड्रिम हाई नेपाल’ सँगको सहकार्यमा नपाल चलचित्र प्राविधिक संघले दशौं नेफ्टा अवार्ड गर्न लागेको हो । विभिन्न ३२ विधामा अवार्ड प्रदान गरिनेछ । साथमा ‘पपुलर फिल्म, नायक, नायिका, जनजाती फिल्म तथा लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिने नेफ्टाका अध्यक्ष पुष्कर लामाले जानकारी गराए । घोषणा कार्यक्रममा महानायक नायक राजेश हमाल र भूवन केसीलगायतले चलचित्र प्राविधिकहरुको योगदान चलचित्र क्षेत्रमा उल्लेखनिय रहेको बताए ।
कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल प्रमुख अतिथीको रुपमा उपस्थित थिए । उनले चलचित्रमा प्रहरीलाई गतल भूमिका र चरित्रमा प्रस्तुत गर्ने गरेकोमा असन्तुष्टि जनाउँदै सकारात्मक कुराको पनि सन्देश प्रवाह गर्न अनुरोध गरेका थिए । ‘प्रहरी इन्स्पेक्टर वा आइजिपीको रोल युनिफर्म लगाए पछि या त बदमासी नै गर्छ अथवा केही क्षणका लागि रमाउन मात्र नभइकन यसले साँच्चिकै समाजमा सकारात्मक सोच विकासको लागि समृद्ध बनाउँछ भन्ने पनि देखाउन सकिन्छ,’ महानिरीक्षक खनालले भने । महानिरीक्षक खनालले प्रहरीले गरेका राम्रा कामलाई चलचित्रको माध्यमबाट प्रस्तुत गर्दा समुदायमा राम्रो प्रभाव पर्ने बताए । यसअघिका ४ वटा संकरण प्राविधिक संघले विदेशमा आयोजना गरेको थियो । विगत २ बर्षदेखि भने यो अवार्ड आयोजना हुन सकेको थिएन । कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजको नयाँ नेतृत्वलाई स्वागत समेत गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस