काठमाडाैं – विशेष आवश्यकता भएका वालवालिकाहरुलाई प्रदान गरिने शिक्षाका लागि काठमाडौं उपत्यका, नुवाकोटबाट आएका विशेष विद्यालय र एकीकृत स्कुलमा पढाउने शिक्षकहरुलाई प्रदान गरिएको ६ दिने तालिम सम्पन्न भएको छ ।
शिक्षक, शिक्षिकाले विशेष स्कुल र एकीकृत स्कुलमा पढाउने शिक्षकलाई विशेष शिक्षासम्बन्धी ज्ञान, सीप प्रदान गरी शिक्षण सिकाइमा सुधार गर्नु यसको उद्देश्य हो । खासगरी अपांगता भएका वालवालिकाहरुलाई कसरी पढाउने भन्ने बारेमा यो तालिम केन्द्रित थियो ।
विशेष शिक्षाका क्षेत्रमा देखा परेका नयाँ–नयाँ शैक्षिक पद्धतिका बारेमा जानकारी गराई शिक्षकका माध्यमबाट कक्षा कोठामा सिकेका ज्ञान, सीपलाई अधिकतम रुपमा प्रयोगमा ल्याउनु अर्को पाटो रहेको छ । दक्षिण कोरियाको छाङवन नेस्नल युनिभर्सिटी र त्रिभुवन विश्वविद्यालयबीच संयुक्त साझेदारीमा उक्त तालिम सम्पन्न भएको हो ।
विशेष शिक्षाको तालिम लिएपछि आफूमा परिवर्तन आएको बताइन्, खगेन्द्र नवजीवन केन्द्रकी शिक्षिका लालीमाया तामाङले । ‘विद्यार्थीहरु कस्तो प्रकृतिका हुन्छन् ?’ उनले भनिन्, ‘उनीहरुलाई कसरी सजिलो गरी बुझाउने भन्नेबारे बुझियो ।’ शिक्षकहरुलाई संगीत र नयाँ विधिबाट कोरियन प्रशिक्षकहरुले तालिम प्रदान गरेका थिए । कोरियाको छाङवन नेस्नल युनिभर्सिटीका विशेष शिक्षाका डिन जङ दे योङले नेपालमा विशेष शिक्षाका लागि आफू जीवनभर लागिपर्ने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस