काठमाडौं – दक्षिण कोरियाले सन् २०१८ को पहिलो चरणका लागि नेपाली कामदार लैजान शुरु गरेको छ । छनोट थालेलगत्तै भाषा परीक्षा उत्तीर्ण गरेका ११ सय नेपालीको श्रम सम्झौता पठाएको छ ।
थप ११ सयभन्दा बढीको ‘लेबर कन्ट्रयाक्ट’ आउन लागेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर पराजुलीले बताए । सन् २०१८ का लागि भाषा परीक्षा उत्तीर्ण गरेका पाँच जना कोरिया उडिसकेका छन् ।
गत वर्ष पहिलो लटमा पाँच सय कामदारको मात्रै कन्ट्रयाक्ट आएको थियो । यस वर्ष भने पहिलो लटमै कोरियाले राम्रो संख्यामा कन्ट्रयाक्ट पठाउने संकेत गरेको छ ।
यसैसाता सन् २०१८ का लागि ईपीएस उत्तीर्ण गरेका नेपाली कामदारको छनोट थालेको कोरियाले शुरुवातमै उक्त संख्यामा कन्ट्रयाक्ट पठाएको हो ।
कोरियाको मानव संशोधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक दुवैतर्फका कामदार छान्ने क्रम तीव्र पारेको छ । विभागले भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको चार चरणमा छनोट गर्ने गरेको छ ।
अब मे २०१८ मा दोस्रो चरणको छनोट शुरु हुनेछ । त्यसको तीन महिनापछि सबै लटको छनोट सकिने भण्डारीले बताए । कामदार छान्न रोजगारदाता कम्पनीहरु सहभागी हुन्छन् । उनीहरुले परीक्षा उत्तीर्ण भएकामध्येबाट आफूलाई आवश्यक पर्ने कामदारको भाषा परीक्षण गर्न पाउँछन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत् कोरियाली भाषा परीक्षामा यस वर्षका लागि १२ हजार एक सय आठ परीक्षार्थी उत्तीर्ण भएका छन् । ६८ हजारभन्दा बढीले भाषा परीक्षा दिएका थिए ।
यस वर्ष अघिल्लो वर्षभन्दा तीन गुणा बढी कामदार कोरिया जाँदैछन् । अघिल्लो वर्ष ३५ सय युवाले भाषा परीक्षामा उत्तीर्ण गरेका थिए । तीमध्ये करिब डेढ सयले अझै कोरिया उड्न पाएका छैनन् ।
सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन शुरु गरेको हो । हालसम्म दक्षिणकोरियामा ईपीएसमार्फत् ३५ हजारभन्दा बढी हजार नेपाली युवा पुगिसकेका छन् ।
मासिक एक लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले नेपाली कामदारको आकर्षण कोरियामा अत्यधिक छ । गत डिसेम्बर अन्तिमसम्म ५० हजार कामदार त्यहाँ पुगिसकेका छन् । कोरियाले ४० वर्ष ननाघेका अदक्ष कामदारलाई आकर्षक तलब दिने गरी आफ्नो मुलुकमा लगिरहेको छ । १० वर्षमा प्रतिवर्ष औसत पाँच हजार नेपाली कामदारलाई रोजगारी दिइरहेको छ ।
अहिले नेपाली कामदारको न्यूनतम तलब मासिक एक लाख ४२ हजार रुपैयाँ तोकिएको छ । कोरियाले कृषि तथा उत्पादनमुलक (उद्योग) समूह विभाजन गरी कामदार लैजान्छ ।
कृषिभन्दा उत्पादनमुलक समूहबाट जानेहरुले बढी आम्दानी गर्ने गरेका छन् । कोरियाका लागि आगामी चैतमा सन् २०१९ का लागि भाषा परीक्षा हुँदैछ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस