सोल -दक्षिण कोरियामा यस वर्षको जनवरीको एक तथ्यांकअनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । बेरोजगारहरुको यो सङ्ख्या यहाँको जनसंख्याको ३.७ प्रतिशत रहेको सरकारी प्रतिवेदनले देखाएको बुधबार जनाइएको छ ।
यो सङ्ख्या गतवर्ष सोही समयको तुलनामा १२ हजारले बढेको दक्षिण कोरियाको तथ्याङ्क विभागले जानकारी दिएको छ । जनवरी महिनामा रहेको ३.७ प्रतिशत बेरोजगारीको दर गएको वर्षको सुरुदेखि नै परिवर्तन भएको थिएन । तर १५ देखि १७ वर्षको उमेरका व्यक्तिमा ८.७ प्रतिशत रहेको यो सङ्ख्या जनवरीमा भने ०.१ प्रतिशतमा झरेको छ ।
गत वर्षको मे महिनामा आफ्नो कार्यालय सम्हाल्नु भएका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले विशेषगरी युवायुवतीको बेरोजगारी दरलाई घटाउने प्रण गरेका थिए ।
यसै अनुसार नै देशमा युवा बेरोजगारहरुको सङ्ख्यामा उल्लेखनीय रुपमा नै कमी आएको सरकारले दाबी गर्ने गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस