सोल – दक्षिण कोरियाली पुरुषहरू संसारको अरू कुनै ठाउँका पुरुषभन्दा बढी समय छालाको सौन्दर्यमा बिताउँछन् । पछिल्लो समय युवाहरू तिनको ‘के–पप’ आइडलहरूको अनुसरण गर्दै छालाको सौन्दर्य सामग्रीमा खर्च गर्न थालेका छन् । एउटा ब्लग (भिडियो केन्द्रित ब्लगर) सौन्दर्य सामग्री प्रयोग गर्ने पुरुषहरूबारे रहेको धारणा बदल्ने प्रयासमा छ ।
किम सेउङ–ह्वान सोह्र वर्षीया ब्लगर हुन् । उनी पुरुषहरूले अनुहारमा गर्ने सौन्दर्यमा केन्द्रित भिडियो यु–ट्युवमा नियमित पोस्ट गर्छन् । ‘म नौ कक्षामा पढ्दा मेरो अनुहारमा डन्डिफोर देखिन थाल्यो । तिनलाई छोप्ने मैले अनेक प्रयास गरेँ । मजस्तो विद्यार्थीका लागि छालारोग विशेषज्ञबाट उपचार गराउनु खर्चले भ्याउने कुरा थिएन । त्यही समय मैले केही सौन्दर्य उत्पादनको बारेमा सुने र मैले ‘कन्सिलर’ र ‘फाउन्डेसन’ ल्याएँ । तिनको प्रयोगले मेरो छालामा व्यापक परिवर्तन आयो । म यिनको प्रयोग गर्दा बढी आत्मविश्वास महसुस गर्छु ।‘
संसारका सबै ठाउँमा पुरुषको मेक–अपलाई नराम्रो नजरले हेरिन्छ । मेक–अप नारित्वसँग जोडिने भएकाले मेक–अप प्रयोग गर्ने पुरुषलाई कमजोर र समलैङ्गिक मानिन्छ । कोरियामा पछिल्लो केही समय यसमा परिवर्तन आइरहेको छ । पुरुषहरूको मेक–अपको बारेमा यु–ट्युबदेखि सडकमा सहज तरिकाले गफ हुने गर्छ ।
बाटोमा भेटिएका एक युवकले भने ‘क्रिम लगाउनु पहिले मेरो मुहारमा मोस्चराइजर लगाउनुपर्छ । मोस्चराइजर अनिवार्य हो । म यसको प्रयोगलाई गम्भीर रूपमा लिने गर्छु ।’ तर पनि समाजको सबै तप्काले यो कुरालाई स्वीकारेको देखिँदैन ।
ह्वान आफैले पनि यो अनुभव गरेका छन् । ‘केही पुरुषहरू मलाई समलिङ्गी भनेर गाली गर्छन् । म आफ्नो भिडियोमार्फत तिनीहरूको धारणा बदल्न चाहन्छु ।’
यो परिवर्तनमा केले भूमिका खेलेको छ त ? मेकअप आर्टिस्ट हान ह्वेन–जाई भन्छन् ‘के–पप (कोरियन पप सङ्गीत) ले पछिल्लो पाँच वर्षमा निक्कै प्रसिद्धि हासिल गरेको छ । गितको भिडियोहरूमा के–पपका स्टारहरू गाजल र क्रिमसहित देखिन्छन् । पहिले यी महिलाले मात्र लागाउने सामग्री मानिन्थ्यो । धेरै पुरुषहरू के–पप स्टारलाई आदर्श बनाउछन् र ती जस्तै देखिन चाहन्छन् । यसले सौन्दर्य उद्योगलाई प्रभावित बनाएको छ ।’
‘म पुरुषहरूलाई आत्मविश्वास दिन यु–ट्युव भिडियो बनाउँछु । पुरानो पुस्ताको धारणालाई चुनौती दिन पनि मैले च्यानल सुरु गरेको हो । तिनीहरू अझै सौन्दर्यको सामग्री प्रयोग गर्ने पुरुषप्रति नकारात्मक धारणा राख्ने गर्छन् ।’ ह्वानले आफ्नो कामको उत्प्रेरणा खुलाए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस