सोल – दक्षिण कोरियाको सिनाम बन्दरगाह क्षेत्रमा एउटा अनौठो पार्क रहेको छ । हेसिन्दाङ पार्क भनिने यो पार्क लिंग पार्कको नामले चर्चित छ । यो प्रजननशीलताको स्मारक पनि हो र एउटा लोकोक्तिमा आधारित छ ।
यो लिंग पार्क हेर्न आउनेको अहिले घुइँचो नै लाग्ने गरेको छ । र यहाँ दिनहुँ आउनेहरुमा धेरैजसो नजिकै चलिरहेको शीतकालीन ओलम्पिक खेल हेर्न आएका दर्शकहरु छन् । ओलम्पिकको मज्जा लिन आएका खेलप्रेमीहरु एकपटक लिंगपार्कको पनि दर्शन गर्न आउने गरेका छन्
यो पार्कमा लिंग आकारका अग्ला अग्ला पोलहरु गाडिएको छ । साथै लिंग आकारकै बेन्च तथा झल्लरहरु रहेका छन् । साथै लिंग आकारकै हतियार पनि छ, जसमा लेखिएको छ यो ठड्याउनु हुँदैन ।
उक्त लिग पार्क एउटा कथावस्तुमा आधारित छ । जस अनुसार कुनै समय उक्त क्षेत्रमा एक कन्याको आँधीमा परेर मृत्यु भएछ । त्यसपछि गाउँलेहरुले माछा समाउन नसकी भोकै बस्नुपर्ने अवस्था आएछ |
त्यसैबेला एक माछा मार्ने युवकले समुद्रमा पिसाब फेरिदिएपछि चाहीँ गाउँलेहरुले माछा मार्न सक्ने भएछन् । त्यो घटनासँगै ती युवकले एउटा मन्दिर निर्माण गरे र मन्दिरको छानोमा लिंग आकारको आकृति ठड्याए । मन्दिरको छानोमा लिंग ठड्याएपछि त्यसैबाट मृतक कन्याले यौन सन्तुष्टि प्राप्त गरेको विश्वास गरिन्छ । त्यस्तै अतृप्त आत्माहरुको यौन सन्तुष्टिका लागि धेरै लिंगहरु ठड्याएर पार्क नै बनाइएको हो ।
विश्वमा सबैभन्दा कम प्रजननदर रहेको देश मध्येको एक दक्षिण कोरियामा प्रजननशीलताको प्रतीकको रुपमा रहेको यो पार्कले सबैको ध्यान खिचेको छ । दक्षिण कोरियामा अहिले अन्य ठाउँमा पनि यस्तै पार्कहरु बन्ने गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस