सोल –आगामी बुद्धजयन्तीका दिन कोरियाको बाउन्सा गुम्बा नजिक बुद्धमूर्ति स्थापना गरिने भएको छ । सो स्थानमा बुद्धको मूर्तिसँगै नेपालको झण्डा समेत राखिने छ ।
यो गुम्बा सोउलबाट ४० किमिको दूरीमा छ । नेपाली सम्पर्क समिति दक्षिण कोरियाले बाउन्सा गुम्बा नजिक बुद्धमूर्ति स्थापना गर्ने तथा नेपाली झन्डा फहराउने तयारी गरेको छ ।
समितिका महासचिव निर्मल कुमार बेल्वासेका अनुसार शान्तिका दूत गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश विश्वव्यापी बनाउन बाउन्सा गुम्बा नजिक बुद्धमूर्ति स्थापना गर्ने तथा नेपाली झन्डा फहराउन थालिएको हो ।
समितिले बौद्ध समाज दक्षिण कोरियासँग सहकार्य गरेर बुद्ध नेपालमा जन्मिएका हुन भनेर विश्वसामु चिनाउन विभिन्न कार्यक्रमको समेत आयोजना गर्न लागेको छ ।
समितिले बुद्धमूर्ति कोरियामा ल्याएर स्थापना गर्न ११ सदस्यीय सचिवालय समिति गठन गरि काम गरिरहेको छ , जसको नेतत्व प्रीतम गुरुङले गरेका छन् ।
बुद्धजयन्तीका दिन राजधानी सोउल शहरमा बुद्धमूर्तिलाई झाँकीसहित शहर परिक्रमा गर्ने कार्यक्रम पनि तयार गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस