काठमाडौं – चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मुछिएको मानव बेचबिखन तथा ओसारपसार मुद्दाको कोरिया प्रहरीले पनि अनुसन्धान थालेको छ । स्रोतका अनुसार खड्गीले बयानका क्रममा दुई कोरियन नागरिकको नाम लिएपछि उनीहरुको विषयमा अनुसन्धान थालिएको हो ।
खड्गीले नेपालबाट कोरियासम्म युवालाई लाने काम मात्रै गरेको र त्यहाँ एक नेपालीसहित दुई कोरियन नागरिकले सबै काम गर्ने गरेको बताएका थिए ।
सोही आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ती दुई नागरिकको बारेमा कोरियन दूतावासमार्फत कोरिया प्रहरीलाई जानकारी गराएको थियो ।
दक्षिण कोरियास्थित नेपाली दूतावासले एक कार्यक्रममा भाग लिन भन्दै खड्गीसहित त्यहाँ पुगेको १२ जनाको टोली मध्ये दुई जना मात्रै स्वदेश फर्किएको जानकारी गराएको थियो ।
सोही आधारमा खड्गीमाथि अनुसन्धान अघि बढेको थियो । र, २५ माघमा खड्गी ठमेलबाट पक्राउ परेका थिए । बयानका क्रममा खड्गीले आफूले युवालाई विदेश लगेको स्वीकारिसकेका छन् । यद्यपि, उनले त्यसो गर्नु अपराध भएको चाहिँ थाहा नभएको बताएका थिए ।
उनले कोरियन नागरिकसँगै नेपाली नागरिक नेत्रबहादुर रानाको समेत नाम लिएका छन् । सोही आधारमा प्रहरीले अहिले थप छानबिन अघि बढाएको छ ।
खड्गीलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर ७ दिनलाई म्याद थप गरिएको छ । अनलाईनखबरबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस