काठमाडौं – दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट इपीएसमार्फत ७ हजारभन्दा बढी कामदार लैजाने भएको छ । कोरियाको मानव संशाधन विभाग (एचआरडी)ले सन् २०१९का लागि ७ हजारभन्दा बढी कामदारको कोटा सिलिङ तोकिएको जानकारी इपीएस कोरिया शाखालाई गराएको छ ।
अब आगामी चैतको दोस्रो साता भाषा परीक्षामा सामेल हुनेसँग अनलाइन आवेदन लिइनेछ । जेठको अन्तिम साता कोरियन भाष्षको परीक्षा हुने इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर पराजुलीले जानकारी दिए । अबको वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ २ हजारभन्दा बढी र उत्पादनमूलक क्षेत्रतर्फ करिब ५ हजार परीक्षार्थी उर्तीण हुने इपीएस कोरिया शाखाले जनाएको छ ।
‘सन् २०१९ मा यो वर्षभन्दा केही कम कामदार कोरिया जानेछन्’ पराजुलीले भने,’ सन् २०१७ मा ३१ सयमात्रै कामदारको कोटा दिएको कोरियाले यो वर्ष राम्रो कोटा सिलिङ दिएको छ ।’
सन् २०१८को लागि १० हजार १ सय कामदारको सिलिङ दिएको कोरियाले १२ हजार १ सय ८ जना परीक्षार्थीलाई भाषा परीक्षामा पास गराएको थियो । यो वर्ष पनि कोटाभन्दा बढी परीक्षा पास हुनेमा सरकार आसावादी छ । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१९ को कोरियन भाषा परीक्षाको फारम चैत दोस्रो सातामा खुल्नेछ ।
त्यसको विस्तृत तालिका शाखाले केही दिनमा सार्वजनिक गर्ने प्रवक्ता पराजुलीले बताए । र, यो पटक पनि अघिल्लो वर्षजस्तै अनलाइन फारम भर्न सकिनेछ । यसले फराम भर्न रातभर लाइन बस्नु पर्ने बाध्यता पर्नेछैन ।
परीक्षा कहिलेबाट कहाँ-कहाँ हुने भन्ने विस्तत तालिका शाखाले परीक्षा आवेदन फारम संकलन गरेपछि प्रकाशित गर्नेछ । रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ । गतवर्ष कोरियन भाषा परीक्षामा झण्डै ७० हजार युवा सहभागी भएका थिए । यो वर्ष इपीएस भाषा परीक्षा जेठको अन्तिम सातामा हुनेछ ।
नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ । त्यहाँ ५० हजारभन्दा बढी युवा यही प्रणालीबाट भाषा पास गरेरै पुगिसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस