काठमाडौं–रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिणको लागि नवौं भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुने भएको छ | इपीएस कार्यालय ग्वार्कोले आज एक सूचना जारी गर्दै परीक्षाको मिति जानकारी गराएको हो ।
कार्यालयका अनुसार अनुमानित उत्तीर्ण संख्या सात हजार एक सय रहेको छ । परीक्षार्थी मध्यबाट उत्पादनमुलक क्षेत्रतर्फ चार हजार ८०० र कृषि तथा पशुपालनतर्फ दुइ हजार ३०० कामदार छनोट हुने कार्यालयले जनाएको छ ।
भाषा परीक्षाका लागि एक व्यक्तिले एक क्षेत्रमा मात्रै आवेदन दिनुपर्नेछ । आवेदनका लागि १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको व्यक्ति योग्य हुने कार्यालयले जनाएको छ ।
जेठको अन्तिम साता हुने परिक्षाका लागि इच्छुक आवेदकले चैत्र ८ देखि १७ गते सम्म आवेदन दिन सक्नेछन् । दश दिनको लागि छुट्याइएको समायावधिमा युवाहरुले इन्टरनेट मार्फत आवेदन भर्नुपर्नेछ । आवेदनका दिनका लागि इपिएस कार्यालयले eoers.epsnepal.gov.np साइट सञ्चालनमा ल्याउने जनाएको छ ।
परिक्षाका लागि २४ डलर शुल्क लाग्ने वताइएको छ । भाषा परिक्षा काठमाडौं र पोखरामा सञ्चालन हुने कार्यालयले जनाएको छ । परिक्षा स्थल जेठ १८ मा जानकारी गराइने वताइएको छ । भाषा परिक्षाको नतिजा आषाढ १६ मा प्रकाशित हुनेछ । वस्तुगत प्रश्नहरुको लागि कुल पुर्णाङक २०० रहेको छ भने पढाई र सुनाइका लागि २५÷२५ प्रश्न सोधिने छ । परिक्षाका लागि पढाईलाई ४० मिनेट र सुनाइलाई ३० मिनेट निर्धारण गरिएको छ ।
जेठमा सञ्चालन हुने परिक्षाबाट उत्तीर्णहरुको कोरिया जाने प्रतिक्षा अवधि दुई वर्षको हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस