काठमाडौं-गतवर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा बढीले वृद्धि भएको छ । गत वर्ष ८२ हजार बढीले परीक्षा दिएकोमा यो वर्ष ९२ हजारभन्दा बढी परीक्षामा सहभागी हुँदैछन् । कोरिया भाषा परीक्षा शनिबार र आइतबार हुँदैछ । ईपीएस कोरिया शाखाको तथ्यांकअनुसार गत वर्ष कोरिया भाषाको परीक्षा दिने विद्यार्थीको संख्या ८२ हजार ३ सय ३५ रहेको थियो । यस वर्ष बढेर ९२ हजार ३ सय ७६ पुगेको छ । जसमा पुरुष परीक्षार्थीको संख्या ७७ हजार ३ सय ६१ र महिलाको संख्या १४ हजार ९ सय ९५ रहेको छ ।
ईपीएस कोरिया शाखाको तथ्यांकअनुसार म्यान्युफ्याक्चर क्षेत्रमा काम गर्न परीक्षा दिने विद्यार्थीको संख्या ६३ हजार ४ सय ८९ जना रहेको छ । जसमा पुरुष परीक्षार्थीको संख्या ७५ हजार ९ सय ५४ जना रहेको छ भने महिला परीक्षार्थीको संख्या ५ हजार ५ सय २२ जना रहेको छ ।
एसेम्बलका लागि ३७ हजार ६ सय ६९, मेजरका लागि १२ हजार ८ सय ९८ जनामध्ये महिला परीक्षार्थी २ हजार ५ सय ९ छन् भने पुरुष ३५ हजार १ सय ५१ जना परीक्षार्थी रहेका छन् । त्यसैगरी, काठको कामका लागि १२ हजार ९ सय २२ जना परीक्षार्थीले आवेदन दिनएका छन् । यसमा पुरुष परीक्षार्थीको संख्या १० हजार ४ सय ५२ जना रहेको छ भने महिला परीक्षार्थीको संख्या २ हजार ४ सय ६९ जना रहेको छ ।
कोरिया भाषा परीक्षा दिनका लागि कृषि क्षेत्रका लागि परीक्षा दिने परीक्षार्थीको संख्या २८ हजार ८ सय ८७ जना रहेको छ । जसमध्येमा पुरुष परीक्षार्थीको संख्या १९ हजार ४ सय ७ रहेको छ भने महिला परीक्षार्थीको संख्या ९ हजार ४ सय ७३ जना रहेको छ । त्यस्तैगरी, कृषि क्षेत्रमा पनि कृषिका लागि मात्र परीक्षा दिन परीक्षार्थी संख्या १४ हजार २ सय २३ रहेको छ । १४ हजार २ सय २३ मध्येमा महिला परीक्षार्थीको संख्या ७ हजार ६ सय ३८ जना रहेको छ भने पुरुष परीक्षार्थीको संख्या ६ हजार ५ सय ८३ जना रहेका छन् । यसैगरी, पशुपन्छी कामका लागि कोरिया भाषा परीक्षा दिनेको संख्या १४ हजार ६ सय ६४ परीक्षार्थी रहेको छ भने महिला १ हजार ८ सय ३५ र पुरुष १२ हजार ८ सय २४ रहेको छ ।
ईपीएस कोरिया शाखाका निर्देशक शोभाकर भण्डारीले कोरिया भाषा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले परीक्षा केन्द्रका लागि विभिन्न ३२ स्थान तोकिएको बताए । उनले काठमाडौंमा २१, पोखरामा चार र लतिपुरमा सात स्थानमा परीक्षा केन्द्र तोकेको जानकारी दिए । यस्तै, परीक्षा बिहान १० देखि १० : ५० सम्म र दिउँसो १ : ३० देखि २ : २० सम्म हुने भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस