सोल-रोजगार अनुमति प्रणाली (ईपीएस ) मार्फत कोरिया गएका नेपालीहरु समाज सेवाको भूमिकामा अगाडी नै छन् | काम गरेर बचेको समयमा स्वदेश तथा बिदेशमा आपत बिपतमा परेकालाई दिल खोलेरै सहयोग गर्छन | यति मात्र होइन देश र समाजको बिकासमा उनीहरुको योगदान महत्वपूर्ण रहँदै आएको छ |
यस्तै महान अभियान पाँचथर सेवा समाज दक्षिण कोरियाले शुरु गरेको छ | यस संस्थाले आगामी सेप्टेम्बरमा हुने कोरियन महान चाड छुसकको अवसर पारेर संस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ |
सेप्टेम्बर १३ तारिक शुक्रवारका दिन हुने कार्यक्रमबाट उठेको रकमले पाँचथरका अपाङ्ग तथा असहायहरुलाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने संस्थाका पदाधिकारीहरुले जनाएका छन |
‘पाँचथर सांगितिक सौगात भाग-१’ नाम दिइएको कार्यक्रमका लागि आवश्यक पर्ने रकम जिल्लाबाट कोरिया आएका सबै मिलेर चाहिने रकम संकलन गरिसकिएको संस्थाका महासचिव कमल खुदाङले बताए |
महासचिव खुदाङका अनुसार कार्यक्रममा नेपाली माझ चर्चा कमाइ रहेका लोकप्रिय कलाकारहरुको दमदार प्रस्तुति रहने छ।
कलाकारको नामावली र कार्यक्रमस्थल केहि दिनमै सार्वजनिक गर्ने महासचिव खुदाङको भनाइ छ ।
‘पाँचथर सांगितिक सौगात भाग-१’ कार्यक्रमलाई सभ्य र भब्य बनाइ दिन कोरियामा भएका बिभिन्न संघ संस्था, ब्यापारी, बुद्दिजिवि, पत्रकार तथा प्रवासमा रहनुहुने सम्पुर्णलाई संस्थाले अनुरोध गरेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस