उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशको स्थायी सुरक्षा परमाणु हतियारले नै गर्ने बताएका छन् ।सन् १९५०-५३ मा भएको कोरियाली युद्ध अन्त्य भएको ६७औँ वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्दै किमले उक्त कुरा बताएका हुन् ।
कोरियाली युद्धमा उत्तर कोरियाका तर्फ लडेका वीर योद्धाहरुको राष्ट्रिय सम्मेलन गर्दै उक्त कार्यक्रम गरिएको उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएले बताएको छ ।
फादरल्याण्ड लिवरेसन वारका नामले चिनिने उक्त युद्ध सन् १९५३ जुलाई २७ मा सैन्य सम्झौता गर्दै अन्त्य भएको थियो । उत्तर कोरियाले उक्त दिनलाई विजय दिवसका रुपमा मनाउदै आएको छ ।
किमले आफ्नो देशको भूमी रक्षा गर्न खटिने तमाम योद्धाहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा देशमा युद्ध नहुने समेत बताएका छन् । किमले देशको सुरक्षा प्रणाली मजवुत बनाउन आफ्ना पारमाणविक हतियार उत्पादन कार्यक्रमलाई कहिल्यै बन्द नगरिने समेत बताएका छन् ।
युद्ध आफ्नो तह मिल्नेहरुसँग मात्र हुने बताउदै किमले हाल उत्तर कोरिया सँग युद्ध गर्ने आँट र क्षमता कसैसँग नभएको जिकिर समेत गरेका छन् । यति हुँदा हुँदै पनि यदि कसैले युद्ध गर्ने कोशिस गर्छ भने त्यो उसका निम्तिनै घातक सिद्ध हुने उनले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस