सोल: संयुक्त राष्ट्रसंघ मानव अधिकार आयोगका एक अधिकारीले उत्तर कोरियाबाट भागेर दक्षिण आएका मानिसहरुको प्रदर्शनलाई निरुत्साहित नबनाउन दक्षिण कोरियाली सरकारलाई अनुरोध गरेका छन् । विहिवार एक कार्यक्रममा बोल्दै संयुक्त राष्ट्रसंघ मानव अधिकार आयोगको उत्तर कोरिया विभाग प्रमुख थोमस ओइजा क्वीन्टानाले उक्त भनाई राखेका हुन् ।
दक्षिण कोरियाको एकिकरण मन्त्रालयलाइ फ्लायर उडाएकै भरमा कडा कदम चाल्नु उचित नहुने बताउदै उनले दक्षिण कोरियालाइ आफ्नो निर्णय माथि पुनर्विचार गर्न समेत भनेका छन् ।
एकिकरण मन्त्रालय सँगको भर्च्युअल बैठकका क्रममा उनले जनताको शान्ति पुर्वक विचार तथा अभिव्यक्ति राख्न पाउने अधिकार रहेको बताउदै त्यसमा अंकुश नलगाउन समेत भनेका छन् ।
जवाफमा मन्त्रालयले हाल दुई कोरिया अनौपचारिक वार्ताकै क्रममा रहेको तथा उक्त विषयमा छलफल पश्चात आफ्नो धारणा राख्ने बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस