सोल: उत्तर कोरियाले सोमबार पुर्व सुचना नदिई दक्षिण कोरियाको सिमा क्षेत्र नजिकैको बाँध खोलेको छ । उत्तरको उक्त गतिविधिलाई लिएर दक्षिण कोरियाले कडा आपत्ति जनाएको छ । हाल दक्षिण कोरियामा बाढीले वितण्डा मच्चाइरहेको बेला त्यसरि बाँध खोलिदा जनधनको क्षति हुने उल्लेख गर्दै दक्षिणले आपत्ति जनाएको हो ।
उत्तर कोरियाले ह्वाङगाङ बाँधका केही ढोकाहरु खोल्दा दक्षिण कोरियाको इम्जी नदिमा बाढी आएको थियो । उक्त घटना थाहा पाए लगत्तै सम्बन्धित अधिकारीहरु उच्च सतर्कतामा रहेका थिए ।
उक्त घटना बारे दक्षिणले उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएमा प्रकाशित समाचार पश्चात मात्र थाहा पाएको थियो । उत्तर कोरियाका केहि नदिहरुमा बाढी आए पछि उसले बिना सुचना बाँध खोलेको थियो ।
दक्षिण कोरियाको सिमामा तैनाथ सुरक्षा अधिकारिहरुका अनुसार पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा ५०० मिमि भन्दा बढी पानी परेको थियो । सोही कारणले उनीहरु पुर्वतयारीमा थिए । उनीहरुका अनुसार उत्तरले बाँधका अन्य ढोकाहरु खोल्न सक्छ जसका लागि तयारी हुन जरुरी छ ।
सन् २००९ मा उत्तर र दक्षिण कोरियाले गरेको समझौता अनुसार उत्तर कोरियाले उक्त बाँध खोल्ने बेला दक्षिणलाई सुचना दिने बारे सहमति भएको थियो । पछिल्ला घटना क्रमहरुले गर्दा उत्तर दक्षिण सिमा सम्पर्क कार्यालय उत्तर कोरियाले ध्वस्त पारे पछि सिमामा हुने गतिविधिबारे समन्वय हुन सकेको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस