सोल : बुधवार विहान लेवनानको बेरुत शहरमा भएको शक्तिशाली विष्फोटनमा कोही पनि कोरियाली नागरिक नपरेको दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले बताएको छ । १०० बढीको ज्यान जाने गरि भएको उक्त विष्फोटनमा ४००० बढी घाइते भएका छन् ।
उक्त क्षेत्रमा १४० दक्षिण कोरियाली नागरिक तथा संयुक्त राष्ट्रसंघ सान्ती सेना अन्तरगत २८० जना कोरियाली सैनिक उक्त क्षेत्रमा रहेका छन् । बेरुत स्थित कोरियाली दुतावासले ग्रुप च्याटका माध्यमबाट आफ्ना नागरिकहरुको जानकारी लिइरहेको बताएको छ । दुतावासका अनुसार सबै कोरियाली नागरिक सुरक्षित छन् ।
राष्ट्रपति माइकल इयोनले २७ सय ५० टन विस्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएको भन्दै निन्दा व्यक्त गरेका छन् । उनले विस्फोट कसरी भयो भन्ने बारेमा अनुसन्धान थाल्न पनि निर्देशन दिइसकेका छन् । लेबनानका प्रधानमन्त्री हसन दिआबले आज राष्ट्रिय शोकको घोषणा समेत गरेका छन् ।
त्यस ठाउँमा २०१४ देखि नै विस्फोटक नाइट्रेटको स्टोर गरिदै आएको जनाइएको छ । विस्फोटपछि वरपरका भवनहरु ध्वस्त भएका छन् । विस्फोटनको आवाज २४० किलोमिटर पर साइप्रस सम्म सुनिएको बताइएको छ । विस्फोट समुन्द्री तटीय क्षेत्रमा भएको छ । सामाजिक सञ्जालमा देखिएका भिडियोको दृश्य निकै डरलाग्दो देखिन्छ ।
यो विस्फोट २००५ मा लेबनानका पूर्व प्रधानमन्त्री अफिक हरिरिको हत्याबारे अदालती सुनुवाइ हुनुभन्दा केही समय पहिले मात्रै भएको हो । मंगलबार आरोपीमाथि अदालतको सुनुवाइ हुदै थियो ।
तर अहिलेसम्म विस्फोटको कारण पत्ता लागेको छैन । कसैले यसलाई एउटा दुर्घघटनाको रुपमा लिएका छन् भने कसैले नियाेजित घटना बताएका छन् ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीलेले तटीय क्षेत्रमा रहेको विस्फोटक केन्द्रमा आगो लागेका कारण विस्फोट भएको जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस