सोल- दक्षिण कोरियाको राजधानी सोलमा ९ बर्ष पछि बाढीको खतरा बढेको छ । सरकारले राजधानीमा खतराको घण्टी समेत बजाएको छ । अत्याधिक बर्षाका कारण राजधानीको हान नदि लगायतका अन्य नदि तथा बाँधहरुबाट पानी ओभर फ्लो भएका कारण राजधानीमा खतरा बढेको हो ।
केन्द्रिय प्रकोप तथा सुरक्षा विभागले दिएको जानकारी अनुसार विगत ६ दिनमा बाढीका कारण १८ जनाले ज्यान गुमाएका छन् भने १६ जना अझै बेपत्ता छन् । बाढीकै कारण यइएम बाँध नजिकै भएको डुङ्गा दुर्घटनामा परि एकको मृत्यु भएको छ भने एकको धड्कन बन्द भएको तथा अन्य ६ जना बेपत्ता भएको पनि केन्द्रले जनाएको छ । उक्त डुङ्गालाई बाँधबाट ओभर फ्लो भएको पानीले लगेको हुन सक्ने प्रहरीले बताएका छन् ।
बेपत्ताहरुको खोजी तथा उद्दारका लागि ८०० बढी प्रहरी, अग्निनियन्त्रक तथा गोताखोरहरुको टोली परिचालन गरिएको केन्द्रले जनाएको छ ।
बाढीले राजधानी सोल, उत्तरी चोङचियोङ, जियोङ्जी, गन्ग्वन लगायतका प्रान्तहरुमा बढी प्रभाव पारेको छ । बाढीकै कारण राजधानी सोलका मुख्य राजमार्गहरु बन्द गरिएका छन् ।
बाढीबाट सोलका २५ मध्ये ११ जिल्ला प्रभावित छन् । केन्द्रका अनुसार हाल सम्भावित खतरा युक्त क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस