सोल – दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनले दक्षिण कोरियामा लगातारको बर्षाका कारण आएको बाढीबाट अति प्रभावित क्षेत्रहरुलाई बाढी प्रभावित क्षेत्र घोषणा गरेका छन् । बाढीबाट अति प्रभावित क्षेत्रहरुको पुनर्निर्माण तथा राज्यको सहयोग सहज रुपले उपलव्ध गराउन ति क्षेत्रलाई विशेष प्रभावित क्षेत्र घोषणा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति मुनले जियोङ्जी प्रान्तको आनिसियोङ, गनवन प्रान्तको चेवरोन, उत्तरी चुङ्चियोङ प्रान्तका चुङ्जु, जेछन् तथा इम्सियोङ तथा दक्षिणी चुङचियोङ प्रान्तका चियोनान तथा आसानलाई विशेष बाढी प्रभावित क्षेत्र घोषणा गरेका हुन् । ति क्षेत्रहरु बाढी पहिरोबाट अति प्रभावित बनेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अप्रत्यासित रुपमा आएको बाढीका कारण हाल सम्म १७ जनाले ज्यान गुमाइसकेका छन् भने ६२०० घर तथा भवनहरु भत्किएका छन् । बाढीका कारण हाल सम्म २५०० जनाले घरबार गुमाएका छन् भने १० जना बेपत्ता रहेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।
अति प्रभावित क्षेत्रहरुको पुन संरचनाका लागि सरकारले ७०-८० प्रतिशत सम्म सहयोग गर्ने छ । अति प्रभावित क्षेत्रहरुको बारेमा थप जानकारी लिन सरकारी विज्ञहरुको टोली बाढी प्रभावित स्थल गएर स्थलगत रिपोर्टिङ गरिरहेको कार्यालयले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस