सोल – पछिल्ला दिनहरुमा दक्षिण कोरियामा भारी बर्षा पश्चात आएको बाढीका कारण ब्यापक जनधनको क्षति भएको छ । बाढीमा परि हाल सम्म ३० जनाले ज्यान गुमाइसकेका छन् भने १२ जना बेपत्ता रहेका छन् । ८ जना बाढीकै कारण घाइते भएका छन् । समाचार संस्था द कोरिया टाइम्सका अनुसार हाल सम्म ६००० बढी मानिस बाढीका कारण विस्थापित भइसकेका छन् ।
बाढीका कारण दक्षिण कोरियाका ११ प्रान्त प्रभावित रहेका छन् । ५९०० बढीले घर छोडेका छन् भने ४६०० बढी सरकारि सुचना अनुरुप अस्थायी घरहरुमा बसाई सरेका छन् । बाढीका कारण ९३०० हेक्टर उब्जाउ युक्त जमिन बगेको तथा ९५०० बढी संरचनाहरुमा क्षति पुगेको समाचारमा जनाइएको छ ।
सबै भन्दा प्रभावित ग्वाङ्जु क्षेत्रमा विगत ३ दिनमा ५३३.७ मिमिबर्षा रेकर्ड गरिएको थियो भने अर्को प्रभावित क्षेत्र ह्वासुनमा ५१७.५ मिमि बर्षा रेकर्ड गरिएको थियो । सरकारले अझै केही दिन बर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन तथा सजग रहन अपिल समेत गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस