सोल – दक्षिण कोरियाको एकिकरण मन्त्रालयका एक उच्च सरकारी अधिकारीले उत्तर कोरियाबाट भागेर आएका नागरिकहरुको गैरसरकारी संस्थाबाट उत्तर कोरिया तर्फ उडाइएका पर्चा तथा पम्प्लेटहरु प्रजातन्त्रको न्युनतम मुल्य र मान्यता विपरित रहेको बताएका छन् । उनले आफ्नो अधिकार प्रयोग गर्ने भन्दैमा अर्काको अधिकार हनन हुने कुनै पनि कार्य गर्न नपाइने बताएका छन् ।
सीमा क्षेत्रमा त्यस प्रकारका पर्चा पम्प्लेटहरु उडाइदा उक्त क्षेत्रका नागरिकहरुको सुरक्षामा चुनौति थपिने तथा क्षेत्रीय अर्थतन्त्रमा समेत खलल पुग्ने हुनाले त्यस्ता गतिविधि गैरकानुनि रहेको उनको तर्क छ । दक्षिण कोरियाका मानवीय साहायता विभागका उच्च अधिकारी ली जुङ्ग जोले त्यस बाहेक उनीहरुले उडाएका पर्चाहरु दक्षिण कोरियामा नै झरेका कारण वातावरण समेत प्रदुषित भएको बताएकी छन् ।
मन्त्रालयले दर्जनौ पटक उनीहरुसँग प्रत्यक्ष तथा टेलिफोन सम्वाद गर्ने प्रयास गरेको बताउदै उनले ति नागरिकहरुले सरकारको धेरै प्रयासका वावजुत पनि पर्चा उडाउन नछोडेका कारण उक्त गतिविधिलाई बन्देज लगाइएको बताएका छन् । यता ति समुहका मानिसहरुले भने सरकारले त्यस प्रकारको कुनै पनि वार्ता आफूहरुसँग नगरि एक्कासी आफ्ना प्रजातान्त्रिक गतिविधिहरु माथि प्रतिवन्ध लगाइएको भन्दै अदालतमा मुद्दा दर्ता समेत गराएका छन् ।
सरकारले भने निरन्तर रुपमा त्यस किसिमका गतिविधिले दुइ देशको सम्बन्ध थप नकारात्मक बन्ने भन्दै उत्तर विरोधि गतिविधिमा पुर्ण रुपले बन्देज लगाएको छ । हालै सरकारले विश्व खाद्य संगठनका माध्यमबाट १० मिलियन अमेरिकी डलर बराबरको खाद्य सहयोग उत्तरलाई पठाउने घोषणा गरिसकेको छ ।
उत्तर कोरियामा रहेका संयुक्त राष्ट्रसंघका प्रतिनिधिले पछिल्लो पटक उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका उत्तर कोरियाली नागरिकको प्रदर्शन नियन्त्रण गर्नु अनुचित भएको बताए लगत्तै उत्तरको सो प्रतिक्रिया आएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस