सोल- दक्षिण कोरियामा जापानी ब्राण्डको चामलको उल्लेख्य उपस्थिति छ । कोरियाको चामल बजारमा जापानी उत्पादनकै बर्चस्व रहेको छ । ‘कोशीखियारी ‘ ब्राण्डको जापानी चामल दक्षिण कोरियामा निकै प्रसिद्ध छ ।
दक्षिण कोरिया सरकार भने उक्त ब्राण्डलाई विस्थापित गराउने तयारिमा रहेको छ । त्यहि तयारि स्वरुप दक्षिण कोरियाले दुइवटा नयाँ धानका प्रजातिबाट उत्पादित चामल बजमा ल्याएको छ । ‘हेइदेउल’ तथा ‘अल्चान्मी’ ब्राण्डका चामलले जापानी व्राण्डका चामललाई विस्थापन गर्ने सरकारको लक्ष रहेको छ ।
जापानी चामल महङ्गो तथा ओभररेटेड भएको बताउदै सरकारी अधिकारीहरुले अब उक्त चामललाई विस्थापन गरिने बताएका छन् । मानिसहरुमा जापानी चामल बढी स्वादिलो भन्ने धारणा रहेको र हाल सरकारले प्रचार गरिरहेका ब्राण्डहरुले जनताको उक्त धारणा परिवर्तन गर्ने सरकारी अधिकारीले बताएका छन् ।
जापोनिका ब्राण्डका चामलको लोकप्रियता बढ्दै गएता पनि कोरियाली चामलको प्रयोग पश्चात मानिसहरुको आकर्षण कोरियाली चामलमा नै बढेका कारण अब बिस्तारै सरकारले जापानी चामल विस्थापित गरिदै जाने बताएको हो ।
सरकारले सन् २०२२ सम्ममा ७५०० हेक्टर क्षेत्रफलमा उक्त कोरियालि ब्राण्डको धान खेति गरिने सरकारले बताएको छ । हाल मागको २५% मात्र स्थानिय चामल खपत भइरहेको बताउदै चाँडै नै उक्त संख्यामा बढोत्तरी गरिने सरकारी भनाई छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस