सोल – दक्षिण कोरियाको राजधानी सोलमा सरकार विरोधी प्रदर्शन गर्ने मध्येका ३० भन्दा बढी व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शन रोक्ने क्रममा प्रहरीमाथि जाई लाग्न खोज्ने उनीहरुलाई प्रदर्शन स्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरु विरुद्ध प्रहरीले पक्राउ पुर्जीका लागि अदालतमा प्रकृया सुरु गरिसकेको समेत जनाएको छ ।
जापानी उपनिवेशबाट सन् १९४५ मा स्वतन्त्र भएको ७५ औँ बार्षिकोत्सवका अवसरमा उनीहरुले ठूलो संख्यामा मानिसहरु जम्मा गराई राजधानी सोलका विभिन्न क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका थिए । सरकारको निर्देशन विपरित १०००० भन्दा बढी व्यक्तिहरु उक्त र्यालीमा सहभागी भएका थिए ।
उक्त र्यालीमा सहभागीहरु मध्ये अधिकांश बृद्ध उमेरका थिए भने अन्यहरु चर्चसँग सम्बन्धित व्यक्तिहरु थिए । उनीहरुले सरकार विरोधि पर्चा र पम्प्लेट बोकेका थिए भने कतिपयले भने उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्नुपर्ने माग लेखिएका पर्चाहरु समेत बोकेका थिए । त्यस्तै कतिपयले भ्रष्टाचार आरोपमा जेलमा रहेका पुर्व राष्ट्रपति पार्क ग्युन हाईको रिहाईको माग समेत गरेका थिए ।
यता सरकारले भने कोरोना माहामारी संकट बढ्दै गइरहेका कारण गत हप्ताबाट नै राजधानी सोल लगायतका भीडभाड हुने क्षेत्रमा भेला, सभा, सम्मेलन, जुलुस लगायतका गतिविधि गर्न निषेध गरेको थियो । सरकारी महामारी नियन्त्रण अभियानमा साथ नदिएको भन्दै आन्दोलनको नेतृत्व गर्ने उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ गरिएकाहरुलाई कानुन अनुरुप कारवाही गरिने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस