सोल – दक्षिण कोरियाली प्रहरीले स्वतन्त्रता दिवसका दिन सरकार र राष्ट्रपति विरुद्ध निकालिएको जुलुस नियन्त्रणमा खटिएका आफ्ना ७ हजार ६ सय प्रहरी अधिकारीहरुमा कोरोना संक्रमण हुन सक्ने बताएको छ ।
अगष्ट १५ मा भएको उक्त र्यालीमा सहभागी अधिकांश प्रदर्शनकारीमा संक्रमण पाइएका कारण उक्त र्याली नियन्त्रणमा खटिएका आफ्ना प्रहरी अधिकारीहरुमा पनि संक्रमण भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
दक्षिण कोरियाली सरकारले संक्रमण जोखिम रहेको भन्दै ग्वाङहम स्क्वायर क्षेत्रमा प्रदर्शन निषेध गरेको थियो । सरकारी निषेधाज्ञाको बेवास्ता गर्दै आएको प्रदर्शनलाई नियन्त्रण गर्न उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
उक्त दिनको प्रदर्शन नियन्त्रण गर्न प्रान्तीय तथा महानगरीय गरि ७६१३ जना प्रहरीलाई ग्वाङहम तथा जियोङबुक दरवार क्षेत्र वरपर परितचालन गरिएको थियो ।
हिंसा तथा गैरकानुनी क्रियाकलाप हुने आशंकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । उक्थ र्यालीमा कन्जर्भेटिभ पाष्टर जुन ग्वाङ हुनको समेत सहभागिता रहेको प्रहरीले जनाएको छ ।
उक्त र्यालीमा सहभागी साराङ जियोल चर्चका सैयौँ सदस्यमा कोरोना संक्रमण पाइएको र पाष्टर हुन पनि संक्रमित भएका कारण उक्त भीड नियन्त्रण गर्ने क्रममा खटिएका प्रहरीमा समेत संक्रमण हुने सम्भावना भएपछि प्रहरीले उनीहरुले परिक्षणलाई तीब्रता दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस