सोल – दक्षिण कोरियामा पर्यटन व्यवसाय धरासायी भएको छ । चालु आर्थिक बर्षको दोश्रो चौमासिक सम्ममा आइपुग्दा पर्यटन मार्फत हुने आमदानीमा ब्यापक गिरावट आएको हो । सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सो समयको पर्यटन मार्फत हुने आम्दानी १७ बर्ष यताकै कम रहेको छ ।
दक्षिण कोरियाली पर्यटन विभागका अनुसार गत बर्षको अप्रिल महिनामा पर्यटन उद्योग मार्फत ५.५७ बिलियन डलर संकलन भएको थियो भने यस बर्षको सोही महिनामा जम्मा १.१९ बिलियन डलर संकलन भएको छ जुन गत बर्षको भन्दा ७८.६ प्रतिशत कम हो ।
सरकारी तथ्याङ्क अनुसार उक्त आमदानी सन् २००३ को १.११ बिलियन डलर पछिको सबै भन्दा कम हो । कोरोना संक्रमण पश्चात विश्वभरबाट लगाइएको यात्रा प्रतिबन्ध तथा कडा नियमका कारण भ्रमणको संख्यामा ब्यापक कटौति भएको छ ।
पर्यटन मन्त्रालयका अनुसार गत बर्षको मध्य सम्ममा करिव ४६ लाख विदेशी पर्यटकले दक्षिण कोरिया भ्रमण गरेका थिए भने यस बर्षको मध्य सम्ममा उक्त संख्या घटेर ९ लाख ७० हजारमा झरेको छ । त्यसै गरि दक्षिण कोरियाली पर्यटकहरुले यस बर्ष १७ बर्ष यताकै कम विदेश भ्रमण गरेको समेत मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस