सोल – दक्षिण कोरियाले यसै महिनाबाट कोरोनाको उपचारका लागि एण्टीबडी भ्याक्सिनको बृहत् उत्पादन सुरु गर्ने योजनामा रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
दक्षिण कोरियाको औषधि तथा खाद्य सुरक्षा मन्त्रालयका अनुसार हाल उक्त भ्याक्सिनको दोश्रो र तेश्रो चरणको क्लिनिकल परिक्षण भइरहेको र उक्त परिक्षण सम्पन्न भए लगत्तै ब्यापारिक प्रयोजनका लागि बृहत उत्पादन सुरु गरिने छ ।
कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका सह-निर्देशक क्वन जुन वुकका अनुसार उक्त भ्याक्सिनको पहिलो चरणको क्लिनिकल परिक्षण स्विकृत भइसकेको छ । दोश्रो चरणको परिक्षण यहि अक्टोबर महिनाको मध्य सम्ममा सम्पन्न हुने समेत मन्त्रालयले बताएको छ ।
एण्टिबडी उपचार पद्दतिलाई कोरोना संक्रमण बिरुद्धको हाल सम्मकै सफल उपचार पद्दति मानिन्छ । यसको पहिलो चरणको परिक्षणलाई गत जुलाई महिनामा नै बेलायतले समेत स्विकृत गरिसकेको छ ।
कोरोना संक्रमणबाट मुक्त भईसकेका बिरामीहरुबाट रगत संकलन गरि त्यसमा भएको प्लाज्मा अर्को कोरोना संक्रमितलाई दिई गरिने उपचार पद्दति नै एण्टीबडी उपचार पद्दति हो । यसको दोश्रो तहको परिक्षण समेत अक्टोबर महिनाको मध्य सम्ममा सम्पन्न हुने छ ।
यता सरकारले लगाएको सामाजिक दुरी तथा अन्य नियमलाई यसै साताबाट खुकुलो बनाउने तयारी थालेको छ । संक्रमण ह्वात्तै बढेपश्चात सरकारले सामाजिक दुरीलाई कडाई गर्न थालेको थियो ।
हाल संक्रमण नियन्त्रणमा आउन थालेकाले जनजीवन सामान्य बनाउने तर्फ सरकारले योजना ल्याएको अधिकारीले बताएका छन् ।
हाल सम्म दक्षिण कोरियामा १६,६३६ जना कोरोना संक्रमण पश्चात निको भएर घर फर्किसकेका छन् भने ४, ५५५ जना उपचाररत छन् ।
कोरोना संक्रमणकै कारण दक्षिण कोरियामा हालसम्म ३४१ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म २०,६६,०७८ जनाको कोरोना परिक्षण गरिएको समेत स्वास्थ्य मन्त्रालयले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस