सोल-दक्षिण कोरियामा हालै गरिएको एक अध्ययन अनुसार कारोना महामारीको समयमा महिलाहरुको आत्महत्या दर पुरुषको भन्दा बढी रहेको छ । उक्त अध्ययनले विज्ञहरुलाई यस समस्याको समाधानतर्फ यथाशीघ्र काम थाल्न सल्लाह समेत दिएको छ ।
आत्महत्या दुरुत्साहन केन्द्र कोरियाका बरिष्ठ अधिकारीका अनुसार एउटै उमेर समुहका महिला र पुरुष मध्ये महिलाको आत्महत्या गर्ने दर बढी पाइएको हो । अधिकारीका अनुसार गत जनावरी बाट जुन महिना सम्ममा दक्षिण कोरिया भरी १९२४ जना महिलाले आत्महत्या गरेका छन् जुन अघिल्लो बर्षको सोही समयको भन्दा ७ प्रतिशतले बढी हो ।
सरकारी तथ्याङ्कका अनुसार दक्षिण कोरियामा महिलाहरुको आत्महत्या दर पुरुषको भन्दा १.५ प्रतिशतले बढी छ । तथ्याङ्कका अनुसार २० देखी ३० बर्ष उमेर समुहका महिलाहरुमा आत्महत्या गर्ने महिलाहरुको दर अन्य उमेर समुहका महिलाहरुको तुलनामा ४.५ प्रतिशतले बढी रहेको छ ।
महिलाहरुले घरायसी तथा जागिरे दुबै तर्फका समस्यासँग जुध्न परेका कारण उनीहरुमा मानसिक तनाव बढी भएका कारण आत्महत्या दर बढेको तथा बयस्क उमेर समुहका महिलाहरुमा परिवार व्यवस्थापन तथा सम्बन्ध लगायतका व्यवस्थापनमा आइपर्ने मानसिक तनावका कारण आत्महत्या दर उच्च रहेको मनोबैज्ञानिकहरुले बताएका छन् । उनीहरुले समयमै उनीहरुका समस्याको मनोबैज्ञानिक उपचार नगरिए उक्त स्रख्या बढ्ने समेत बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस