सोल-दक्षिण कोरियाले बंगुरको मासुमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेपछि जर्मनीबाट हुने गरेको बंगुर तथा बंगुरको मासुको आयातमा प्रतिबन्ध लगाएको छ । पछिल्लो पटक युरोपमा स्वाइन फिभर देखा परेको छ ।
खाद्य, कृषि तथा ग्रामीण उत्थान मन्त्रालयका अनुसार जर्मन अधिकारीहरुले त्यहाँ स्थित ब्रान्डेनबर्गमा बँदेलमा गरिएको परिक्षणका क्रममा उक्त फ्लु पाइएको बताएका छन् । यो रोगलाई जनावरमा तीब्र गतिमा फैलने रोगका रुपमा लिने गरिन्छ ।
जर्मनीबाट ल्याउने मासुमा लगाइएको प्रतिबन्ध सम्बन्धी पछिल्लो सरकारी निर्णयले हाल दक्षिण कोरियाका लागि छुटीसकेका तथा भञ्सारमा रहेका मासु तथा बंगुर बोकेका साधनहरु प्रभावित हुने मन्त्रालयले जनाएको छ । त्यसको व्यवस्थापनका लागि भञ्सारमा स्वास्थ्य चेक जाँचको ब्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
हाल सम्म पनि यो रोग निर्मुल बनाउने खोपको आविस्कार नभएका कारण सरकारले नागरिकको स्वास्थ्य सुरक्षाका लागि उक्त निर्णय लिएको मन्त्रालयले जनाएको छ । दक्षिण कोरियाले उत्तर कोरियाली सीमा क्षेत्रमा उक्त रोग देखा परेपछि आफ्नो देशबाट हुने निर्यात समेत बन्द गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस