सोल – दक्षिण कोरियाको प्रमुख पर्यटकीय गन्तब्य तथा रिसोर्ट आइल्याण्डका रुपमा परिचित छेजु आइल्याण्डमा चुसक पर्वसँगै बढेको पर्यटकहरुको भीडभाडका कारण कोरोना संक्रमण त्राश बढेको छ । सेप्टेम्बर ३० बाट सुरु हुने उक्त चाड मनाउन स्वदेश तथा विदेशबाट पर्यटकहरुको घुँइचो लाग्न सुरु भइसकेको छ । ५ दिन सम्म चल्ने उक्त समयमा पर्यटको भीड लाग्ने गर्दछ ।
प्रकोप तथा महामारी केन्द्र दक्षिण कोरियाका अनुसार हाल उक्त आइल्याण्डका होटलहरु ५६ प्रतिशत भरिइसकेका छन् । अधिकारीहरुले चुसक पर्वको समय सम्ममा कम्तिमा ३ लाख पर्यटकहरुले छेजु भ्रमण गर्ने छन् । पर्यटकहरुको चाप बढेसँगै कोरोना भाइरसको दोश्रो लहर सुरु हुने चिन्ता बढेको समेत अधिकारीहरुले बताएका छन् ।
यता छेजु आइल्याण्डका जनताले भने छेजु भ्रमण नगर्न भन्दै सामाजिक सञ्जालमा हस्ताक्षर अभियाननै चलाउन थालेका छन् । उनीहरुले राष्टपति मुन जाइ इन सम्म उक्त अभियान पुर्याउने अभियान सुरु गरेका छन् ।
दक्षिण कोरियाको स्वयत्त प्रान्तको रुपमा रहेको छेजु आइल्याण्ड सरकारले भने कोरोना रोकथामका उपायहरुको भरपुर अवलम्बन गर्न सबैमा आग्रह गरेको छ । यदि कसैले सरकारले तोकेका मापदण्ड पुरा नगरेमा कडा कानुनी सजाय गरिने समेत स्पष्ट पारेको छ । त्यस्ता व्यक्तिहरु विरुद्ध मुद्दा हाल्ने पनि स्थानीय सरकारले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस