सोल – दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले उत्तर कोरिया र दक्षिण कोरिया बीच जारी युद्ध स्थायी रुपमा नै अन्त्य गरिनु पर्नेमा जोड दिएका छन् । बुधबार संयुक्त राष्ट्रसंघको सभामा सम्बोधन गर्दै मुनले अब कोरियाली युद्धको औपचारिक रुपमा र्न अन्त्य गर्ने समय आएको बताएका हुन् ।
मुनले आफ्नो सम्बोधनमा भनेका छन् — अब कोरियाली प्रायद्वीपमा भइरहेको दुःख र पीडालाई पूर्ण रुपमा हटाउने समय आएको छ , युद्ध अन्त्य हुनै पर्दछ र त्यो पनि सकारात्मक कामका लागि । उनले अगाडी भनेका छन् — कोरियाली प्रायद्वीपमा जारी युद्ध अन्त्य हुनु भनेको सिङ्गो उत्तर पूर्वी एसियामा शान्ति छाउनु हो जसले विश्वको आर्थिक विकासमा नयाँ आयाम दिन्छ ।
सन् १९५०—५३ मा जारि युद्ध पश्चात उत्तर कोरिया परमाण्ुा हतियार उत्पादनमा लागेको बताउदै उनले अमेरिकाको उत्तर कोरियालाई आणविक हतियार मुक्त राष्ट्र बनाई आर्थिक समृद्धि तर्फ बढाउने अभियानमा सबैले साथ दिन पर्नेमा जोड दिएका छन् । उक्त अभियान सफल भएमा कोरियाली प्रायद्वीप शान्ति क्षेत्र हुने समेत उनले बताएका छन् ।
हाल विश्वका विभिन्न क्षेत्रबाट उक्त अभियानमा साथ भएता पनि आशातित प्रतिफल प्राप्त नभएको बताउदै उनले जारी समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघको सहयोग अपरिहार्य रहेको समेत बताएका छन् । संयुक्त राष्ट्रसंघको समाबेशी सहअस्तित्वको सिद्धान्त अनुरुप अगाडी बढ्न निर्णयकारी भुमिका खेल्न समेत उनले संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस