सोल – प्रख्यात मोवाइल उत्पादक कम्पनि एप्पलले दक्षिण कोरियामा आफ्नो बहुप्रतिक्षित फोन आइफोन १२ को बिक्री तोकिएको समय अगावै गर्ने श्रोतले बताएको छ । स्थानीय टेलीकम सञ्चालकहरुका अनुसार एप्पलले अक्टोबर अन्त्य अथवा नोभेम्बरको सुरुबाट दक्षिण कोरियामा आइफोन १२ को बिक्री सुरु गर्ने छ ।
एप्पलले आफ्नो बहुप्रतिक्षित फोन आइफोन १२ को रिलिज मिति हाल सम्म सार्वजनिक गरेको छैन । जानकारहरु भने आगामी अक्टोबर १३ तारिखमा उक्त फोन सार्वजनिक गरेर २३ तारिखबाट बिक्री खुला गरिने बताउछन् ।
एप्पल कम्पनिले आफ्ना फोनहरु रिलिज गरेको १ महिना पछि मात्र दक्षिण कोरियामा बिक्री खुला गर्दछ । यो नयाँ आइफोन भने कम्पनिको पहिलो फाइभ जी सपोर्ट गर्ने फोन भएको तथा दक्षिण कोरियामा पहिलेबाट नै फाइभ जी प्रयोगमा आएकाले कम्पनिले ब्यापार बढाउन उक्त रणनिति लिएको हुन सक्ने जानकारहरु बताउछन् ।
सन् २०१९ मा विश्वमै पहिलो पटक फाइभ जी सेवा सुरु गरेको दक्षिण कोरियामा हाल ८० लाखको हाराहारीमा फाइभ जी प्रयोगकर्ता रहेका छन् ।
एप्पलले आफ्ना ४ मोडलका स्मार्टफोनहरु बजारमा ल्याउने तयारी गरेको बताइएको छ । आइफोन १२, आइफोन १२ मिनी, आइफोन १२ प्रो तथा आइफोन १२ प्रो म्याक्स सार्वजनिक गर्ने छ ।
दक्षिण कोरियामा स्मार्टफोन को बिक्रीमा सामसुङ पश्चात सबै भन्दा बढी बजार ओगट्ने कम्पनि समेत एप्पल नै हो जसले दक्षिण कोरियाली स्मार्टफोन बजारको १९ प्रतिशत हिस्सा ओगटेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस