सोल – हालै गरिएको एक अध्ययन अनुसार दक्षिण कोरियामा रहेका प्रत्येक मानिसले महिनामा ३० घण्टाको हाराहारीमा युट्युवमा समय बिताउने गरेको पाइएको छ । अध्ययनका अनुसार उक्त समय उनीहरुले चलाउने सामाजिक सञ्जालहरु मध्येकै बढी हो ।
दक्षिण कोरियाली प्रयोगकर्ताहरुले औषतमा २९.५ घण्टा गुगल केन्द्रित भिडियो एप्लिकेशनहरुमा समय बिताउछन् जबकी दक्षिण कोरियाली मेसेजिङ एप्लिकेशन काकाओ टक्समा जम्मा १२ घण्टा समय विताउछन् । उक्त तथ्याङ्क दक्षिण कोरियाली डाटा ट्र्याकर संस्था आइजिए वर्क्सले उपलब्ध गराएको द कोरियन हेराल्ड पत्रीकाले जनाएको छ ।
तथ्याङ्क अनुसार प्रयोगकर्ताहरुले फेसबुकमा ११.७ घण्टा समय बिताउछन् भने नाभेर नामक दक्षिण कोरियाली सामाजिक सञ्जालमा १०.२ घण्टा समय खर्चन्छन् । इन्स्टाग्राममा कोरियाली प्रयोगकर्ताहरुले औषतमा मासिक ७.५ घण्टा समय खर्चने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
उक्त तथ्याङ्क अनुसार दक्षिण कोरियामा करिव ४ करोड ३२ लाख युट्युवका सकृय सदस्यहरु रहेका छन् । जुन ५ करोड १८ लाख जनसंख्याको करिव ८३ प्रतिशत हो । काकाओ टक्स एप प्रयोग गर्नेहरुको संख्या समेत राम्रै रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । उक्त एप्लिकेशन प्रयोग गर्ने जनसंख्या करिव ४ करोड ५५ लाख रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस