सोल – दक्षिण कोरियाली सरकारले नव विवाहित तथा पहिलो पटक घर किन्ने व्यक्तिहरुका लागि बढी मात्रामा घर उपलब्ध गराउने भएको छ । अर्थमन्त्री होम नाम की का अनुसार सार्वजनिक तथा निजी विकास परियोजना अन्तरगत उनीहरुलाई घर खरिदमा विशेष प्राथमिकता दिइने भएको हो ।
घर निर्माण तथा विक्रीसँग सम्बन्धित ब्यक्तिहरुसँगको बैठकका क्रममा बोल्दै सरकारको उक्त योजनाले बिबाह पश्चात तथा पहिलो पटक घर किन्न चाहाने करिव ९२ प्रतिशत मानिसहरुलाई प्रत्यक्ष लाभ पुग्ने छ । हाल सरकारी नियम अनुसार निश्चित संख्यामा मात्र सरकारी तथा निजी भवन निर्माताहरुले नव विवाहित तथा पहिलो पटक घर किन्नेहरुका लागि घर बिक्री गर्न पाउने नियम रहेको छ ।
अर्थमन्त्री होङ नाम कीका अनुसार सरकारको उक्त निर्णय पश्चात हाउजिङ कम्पनिहरुले बनाएका घरहरु मध्ये ३० प्रतिशत घरहरु नव विवाहित तथा पहिलो पटक घर किन्नेहरुलाई उपलब्ध गराइने छ । उनले सरकारले हाउजिङ ब्यवसायलाई ब्यवस्थित गर्न समेत सरकारले योजना बनाइरहेको बताएका छन् ।
पछिल्लो पटक सरकारले जुलाईमा घर खरिद बिक्रीमा नयाँ मापदण्ड ल्याए यता हाउजिङ ब्यवसाय थप मर्यादित भएको बताउदै आगामी दिनमा यसलाई थप सुधार गर्दै ब्यवस्थित बनाउने समेत उनले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस