सोल – दक्षिण कोरियाली औषधी उत्पादक कम्पनि सेल्ट्रियनले कोरोना भाइरस विरुद्ध तयार गरेको एण्टीबडी भ्याक्सिनको पहिलो चरणको परिक्षण सकारात्मक भएको बताएको छ । कम्पनिले परिक्षणका लागि आफ्नो खोप CT-P59 लाई प्रयोग गरिरहेको छ ।
कम्पनिले गरेको पहिलो चरणको परिक्षणमा उक्त भ्याक्सिनले मानव शरिरमा एण्टीबडी निर्माणमा सहयोग गर्नुका साथै कुनै किसिमका नकारात्मक असरहरु समेत नगरेको बताएको छ । १८ जनामा गरिएको उक्त परिक्षणमा साधारण असरहरु देखा परेता पनि सकारात्मक रुपमा पहिलो चरणको परिक्षण सफल भएको कम्पनिले बताएको छ ।
उक्त परिक्षण कोरिया तथा युरोपमा गरिएको थियो । उक्त परिक्षण उपचारमा प्रत्यक्ष सहभागी डक्टर किम जीन योङका अनुसार उक्त औषधीको प्रयोगले बिरामीको रोग प्रतिरोधी क्षमता ४४ प्रतिशतले बढाएको समेत बताएका छन् । उक्त भ्याक्सिनको प्रयोग पश्चात बिरामीहरु चाँडै ठीक भएको समेत उनले बताएका छन् ।
हाल कम्पनिको उक्त एण्टीबडी भ्याक्सिन दोश्रो तथा तेश्रो चरणको परिक्षणमा रहेको छ । सन् २०२० को अन्त्य सम्ममा सकिने भनिएको उक्त परिक्षण पश्चात सन् २०२१ बाट बिक्रीका लागि तयारी गरिने समेत कम्पनिले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस