सोल – दक्षिण कोरियाको राजधानी सोलमा नोभेम्बर महिनाको हाल सम्मकै बढी बर्षा भएको छ । स्थानीय मौसम अधिकारीहरुका अनुसार बिहिबार परेको उक्त पानी नोभेम्बर महिनाको इतिहासमा नै बढी रहेको छ ।
कोरियाली जल तथा मौसम विज्ञान विभागका अनुसार सोलमा विहिबार बिहान ८ बजे सम्ममा मात्र ६८.२ मिलिमिटर बर्षा भएको थियो । उक्त बर्षा नोभेम्बर महिनामा हुने गरेको बर्षामा सन् १९१६ को नोभेम्बर ७ यताकै बढी हो । उक्त समयमा ६७.४ मिलिमिटर बर्षा भएको थियो ।
दक्षिण कोरियाका विभिन्न स्थानहरुमा दिनभर नै भारी बर्षाको सम्भावना रहेको बताउदै मौसम विभागले सावधानी अपनाउन अनुरोध गरेको छ । विहिबारको बर्षा सन् १९०६ मा आधुनिक प्रविधिबाट मौसम मापन गर्न थालिए यताकै बढी हो । हाल पनि कतिपय स्थानमा २० मिलिमिटर प्रतिघण्टाका दरले बर्षा भइरहेको छ ।
भारी बर्षा भएता पनि चीसो भने त्यति नबढेको समेत विभागले बताएको छ । नोभेम्बर महिनाकै बढी चीसो सन् २०११ क नोभेम्बर ५ मा भएको थियो । उक्त दिनको तापक्रम १६.४ डिग्री सेल्सीयस रहेको थियो । विहिबारको तापक्रम भने १७. १ डिग्री सेल्सीयस रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस