सोल – दक्षिण कोरियामा स्वदेशी स्मार्टफोन उत्पादक कम्पनी सामसुङ मोबाइलको बजार हिस्सा ७० प्रतिशत भन्दा बढी रहेको छ । एकै देशको एउटै उत्पादनको यति ठूलो बजार हिस्सा बनाउने सामसुङ सम्भवत: विश्वको एक मात्र मुलुक रहेको छ ।
हालै गरिएको एक अध्ययन अनुसार सामसुङको बजार हिस्सा ७२.२ प्रतिशत रहेको छ । कम्पनिले चालु आर्थिक बर्षको तेश्रो चौमासिक अवधिमा मात्र ३४ लाख बढी स्मार्ट फोनको बिक्री गरेको समाचारमा बताइएको छ ।
सामसुङले यस बर्ष मात्र धेरै स्मार्टफोनहरु बजारमा सार्वजनिक गरेको तथा एप्पलले सार्वजनिक गर्न लागेका नयाँ मोडलका स्मार्टफोनहरु समेत ढीला गरि सार्वजनिक गरेका कारण सामसुङको बजार बिस्तार भएको हुन सक्ने बजार विज्ञहरुले बताएका छन् ।
पछिल्लो समयमा सोही कारणले सामसुङले एप्पल उत्पादक राष्ट्र अमेरिकामा समेत आफ्नो बजार उपस्थिति अग्र स्थानमा राखेको छ । यता दक्षिण कोरियामा भने एप्पलको उपस्थिति जम्मा ८ प्रतिशत हाराहारीमा सिमित रहेको छ ।
हाल एप्पलको नयाँ मोडल सार्वजनिक भइसकेको तथा उक्त नयाँ मोडलको दक्षिण कोरियामा माग समेत बढेका कारण आर्थिक बर्षको अन्तिम चौमासिकमा भने सामसुङको बजार केही खुम्चन सक्ने प्रक्षेप्पण विज्ञहरुले गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस