सोल – अमेरिकी फोन निर्माता कम्पनि एप्पलले दक्षिण कोरियाका तीनवटा टेलिकम कम्पनिहरुसँगको सहकार्यमा शुक्रबार नयाँ फोन सार्वजनिक गरेको छ । कम्पनिले आफ्ना नयाँ फोनहरु आइफोन १२ मिनी तथा आइफोन १२ प्रो म्याक्स सार्वजनिक गरेको हो ।
हाल सार्वजनिक गरिएका आइफोनका नयाँ मोडलहरुमा आइफोन १२ मिनी ५.४ इञ्च डिस्प्ले सहित उपलब्ध छ भने आइफोन १२ प्रो म्याक्स ६.७ इञ्च डिस्प्ले सहित उपलब्ध रहेको छ । यी दुबै फोनहरुले फाइभ जी सपोर्ट गर्दछन् ।
हाल सम्म दक्षिण कोरियामा करिव ५० लाख फाइभ जी फोनहरु बिक्री भइसकेको छ । नयाँ आइफोनको आगमनसँगै अरु ५० लाख फाइभ जी फोनहरुको बिक्री हुनसक्ने प्रक्षेप्पण बजार विश्लेशकहरुले बताएका छन् ।
दक्षिण कोरियामा आइफोन १२ प्रो म्याक्सको मुल्य १० लाख ५ हजार वोन अर्थात ९५० डलर तोकिएको छ भने आइफोन १२ मिनिको मुल्य ९ लाख पचास हजार वोन तोकिएको छ । यी फोनहरु ६४ जीबी बाट २५६ जीबी स्टोरेज क्षमतामा उपलब्ध छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस