सोल – तपाई बिमान किन चढ्नु हुन्छ? पक्का पनि कुनै नयाँ गन्तब्यमा सजिलै र चाँडै पुग्न । यदि तपाई बिमान चढ्नुहुन्छ र यात्रा पनि गर्नुहुन्छ त्यो पनि घण्टौँ भने पक्कै पनि तपाई धेरै टाढा पुग्नुहुन्छ । तर दक्षिण कोरियाका बिमान कम्पनिहरुले भने अचम्मको अफर ल्याएका छन् । उक्त अफर अनुसार तपाई बिमान चढ्नुहुन्छ, घण्टौँ सम्म उड्नु पनि हुन्छ तर गन्तब्य भने हुने छैन ।
सुन्दा अचम्म लागे पनि कोरोनाका कारण थला परेको बायुसेवा कम्पनिलाई जीवन दिन दक्षिण कोरियाली बायुसेवा कम्पनिहरुले नयाँ रणनिति लिएका छन् । उक्त रणनिति अनुसार अब बिमान कम्पनिहरुले टिकट कटाएर यात्रुहरुलाई तोकिएको समयावधिका लागि आकाशमा उडाउने र अवधि पुरा भए पश्चात सोही बिमानस्थलमा अवतरण गराउने छन् ।
हाल दक्षिण कोरियाली सरकारले उक्त योजनालाई स्विकृति दिने अन्तिम तयारी गरिरहेको छ । उक्त योजना अनुसार बिमानहरुले दुई देखि तीन घण्टा सम्म बिदेशी आकाशको प्रयोग गरि यात्रुलाई पुन: सोही बिमानस्थलमा अवतरण गराउने छन् ।
कोरियन एयर, एसियाना एयर, छेजु एयर, जीन एयर, टी वे एयर, बुसन एयर लगायतका बिमान कम्पनिले उक्त सेवा दिने छन् । इञ्चोन अन्तराष्ट्रिय बिमानस्थलबाट उक्त प्रकारको उडान गराईने अधिकारीले बताएका छन् ।
बिमानस्थल प्रवेश पश्चात यात्रुले ६०० डलर बराबरको ड्युटि फ्री सामान किन्न सपाइने, ४०० डलर बराबरको मधिरा, २०० वटा सम्म चुरोट तथा ६० मिलिलिटर पर्फ्युम समेत खरिद गर्न पाउने छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस