सोल – दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया प्रवेश गर्न खोज्ने एक व्यक्तिको दक्षिण कोरियाली सीमा सुरक्षाकर्मीको गोली प्राहारबाट मृत्यु भएको छ । अन्दाजी ४० बर्षका ती ब्यक्तिले आज मात्र सीमा क्षेत्र पार गर्ने प्रयास गरेका थिए ।
ख्योङ्गी प्रान्त स्थित पाजु नदिको डिमिलिटराइज क्षेत्रको एक नदिमा उनलाई गोली प्राहार गरिएको थियो । दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार सीमामा तैनाथ सुरक्षाकर्मीले उनलाई तारबार भित्र प्रवेश गर्न खोजेको देखेपछि रोकिन पटक पटक निर्देशन दिएका थिए । उक्त निर्देशन अटेर गरेसँगै सैनिकहरु उनी तर्फ गए र त्यसपछि उनी नदिमा हाम फालेर पौडिएर भाग्न खोजे पश्चात सेनाले गोली चलाउदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकका साथबाट एक पासपोर्ट, केही कुकीज बिस्कुटहरु तथा अन्य खानेकुरा बरामत भएको थियो । बिरलै मात्र हुने यस्ता घटनाबारे प्रतिक्रिया दिदै सेनाले सीमा सुरक्षा सम्बन्धि नियमको पालना गरेरै उनीमाथि गोली प्राहार गरिएको बताएको छ ।
अन्य जानकारी अनुसन्धान पश्चात मात्र दिन सकिने बताएको सेनाले प्राथमिक रुपमा सीमा सुरक्षामा तैनाथ सुरक्षा अधिकारीले जे गर्नुपर्दथ्यो, त्यही गरेको समेत बताएको छ । सेनाले उक्त घटना बिरलै घट्ने घटनामध्ये एक भएको समेत बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस