सोल – दक्षिण कोरियाली समुद्री सीमा क्षेत्र छोजिन हार्वरबाट एक अपरिचित पानी जहाज उत्तर कोरिया प्रवेश गरेको छ । दक्षिण कोरियाली स्थानीय समय अनुसार उक्त जहाज अपह्रान्नको बरिव ३:५४ बजे तिर दक्षिण कोरियाली सीमा पार गर्दै उत्तर कोरियाको सीमा भित्र प्रवेश गरेको थियो ।
उक्त जहाज सीमारेखा पार गरेको थाहा पाउना साथ दक्षिण कोरियाली सीमामा खटिएका सैनिकहरुले ६० एमएम मोटार बाट २० बढी फायर, १०६ एमएम रिकोलिज तथा एमजी ५० मेसिनगन लगायतका हतियारहरु प्रयोग गरि नियन्त्रण गर्ने प्रयास गरेका थिए । दक्षिण कोरियाली सैनिकहरुको उक्त प्रयासलाई लत्याउदै उक्त पानीजहाज उत्तर कोरियाली क्षेत्रको करिव ३ किलोमिटर भित्र प्रवेश गरेको थियो ।
हालसम्म पनि पत्ता नलागेको उक्त पानीजहाजको उत्तर कोरिया प्रवेश बारे प्रतिकृया दिदै जलसेना अधिकारीले सैनिकले तर्साएर मात्र नियन्त्रणमा लिन खोजेकाले भागेको बताएका छन् । उनले सैनिकले जहाजमा सोझै आक्रमण नगरेकाले भाग्न सफल भएको बताएका छन् ।
उक्त घटना भएको समयमा दक्षिण कोरियाली एकिकरण मन्त्री चुङ डोङ योङ दक्षिण तथा उत्तर कोरियाली सीमाक्षेत्रबाट पुर्व तर्फ जाने रेलमार्गबारे स्थलगत अध्ययन गर्न सोही क्षेत्र आसपास गएका कारण संयमता अपनाएका कारण उक्त घटना भएको समाचारमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस