सोल – यस बर्ष दक्षिण कोरियाका कुनैपनि विश्वविद्यालयहरु एसियाका उत्कृष्ठ १० मा छनौट शुन सकेनन् । छुसन इल्बो तथा बेलायती क्वाक्वारेली सिमोण्ड्सद्वारा संयुक्त रुपमा गरिएको अध्ययन अनुसार कुनै पनि दक्षिण कोरियाली विश्वविद्यालयहरु एसियाका उत्कृष्ठ १० भित्र पर्न असफल भएका हुन् ।
गत बर्ष उक्त सुचीको नवौँ स्थानमा रहेको कोरिया एड्भान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी समेत यस बर्ष १२ औँ स्थानमा पुगेको छ । सन् २०१४ मा सुचीको दोश्रो स्थानमा रहेको उक्त विश्वविद्यालय त्यसपछिका समयमा भने खस्कदै आएको छ ।
दक्षिण कोरियामा आन्तरिक रुपमा चर्चा कमाएको सोल नेशनल युनिभर्सिटी गत बर्ष सुचीको ११ औँ स्थानमा रहेको थियो भने यस बर्ष अझ पछाडी पर्दै सुचीको १४ औँ स्थानमा पुगेको छ । उक्त सुचीमा आफूलाई सुधार गर्ने विश्वविद्यालय कोरिया विश्व विद्यालय मात्र रहेको छ । गत बर्ष १२ औँ स्थानमा रहेको उक्त विश्वविद्यालय यस बर्ष ११ औँ स्थानमा आएको छ ।
उक्त सुचीको उत्कृष्ठ १० मा अधिकांश चिनियाँ विश्वविद्यालयहरुको प्रभुत्व रहेको छ । सुचीको पहिलो स्थानमा सिङ्गापुर नेशनल युनिभर्सिटी रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस