सोल – दक्षिण कोरियाली तथ्याङ्क विभागले तथ्याङ्क संकलन गर्न थाले यता पहिलो पटक एकल बसाई गर्ने ब्यक्तिहरुको संख्या ९० लाख नाघेको विभागले जनाएको छ । विभागका अनुसार हाल उक्त जनसंख्या ९० लाख ९ पुगेको छ ।
दक्षिण कोरियाली आवास तथा सुरक्षा मन्त्रालयका अनुसार हाल दक्षिण कोरियामा २ करोड ३० लाख घरहरु रहेका छन् । ति मध्ये ३९.१ प्रतिशत घरहरु एकल बसोबास गर्नेहरुको रहेको समेत मन्त्रालयले बताएको छ ।
जनसंख्या विज्ञहरुका अनुसार पछिल्ला दिनहरुमा बिवाहमा आउने खटपट र महिलाको औषत आयु पुरुष भन्दा बढी हुनु एकल बसाईका प्रमुख कारण हुन् । बिवाहमा आउने असफलता तथा सम्बन्ध बिच्छेदका कारण एकल बसोबास गर्नेहरुको संख्या बढेको अध्ययनमा बताइएको छ ।
राजधानी सोलको मात्र तथ्याङ्क समेत भयंकर रहेको छ । सोलमा रहेका कुल ४४ लाख १० हजार घरहरुमध्ये १८ लाख ५० हजार घरहरु एकल ब्यक्तिहरुको रहेको छ जुन ४१.९ प्रतिशत हो । राजधानी सोलमा देशभरकै उच्च दरमा एकल बसोबास गर्नेहरुको संख्यामा बृद्धि भइरहेको समेत अध्ययनमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस