पछिल्लो समयमा दक्षिण कोरियाको भुमीबाट भइरहेका उत्तर कोरिया बिरोधी गतिविधिहरुलाई न्युनिकरण गर्न दक्षिण कोरियाले उत्तर तर्फ बेलुन उडाउन नपाउने कानुन पारित गरेको थियो । उक्त कानुन पारित भए लगत्तै अमेरिकाले प्रतिकृया जनाएको छ । उसले दक्षिण कोरियाको उक्त कदम प्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
अमेरिकी अधिकारीहरु तथा त्यहाँका कानुनविधहरुले दक्षिण कोरियाली सरकारको उक्त कदमले नागरिकको स्वतन्त्रताको अधिकारमाथि प्राहार भएको बताएका छन् । नागरिकले आफ्नो बिचार ब्यक्त गर्न पाउने नैसर्गिक अधिकारमाथि प्राहार भएको बताउदै अमेरिकी अधिकारीहरुले दक्षिण कोरियाको उक्त निर्णयप्रति ध्यानाकर्षण गराएका हुन् ।
अमेरिकी संसदका केही सांसदहरुले समेत दक्षिण कोरियाको उक्त कानुनले प्रजातन्त्रको न्युनतम मुल्य र मान्यतालाई लत्याएको प्रतिकृया त्यहाँ स्थित वासिङ्टन पोष्टसँगको कुराकानीमा बताएका छन् । उनीहरुले दक्षिण कोरियाको उक्त कदमले नागरिकको स्वतन्त्रतामा अंकुश लगाएको समेत बताएका छन् ।
यता हालै पारित भएको नयाँ कानुनको बचाउ गर्दै दक्षिण कोरियाली परराष्ट्र मन्त्री काङ क्युङ ह्वाले सीमा क्षेत्र संवेदनशील क्षेत्र भएको तथा सैनिक गतिविधि भइरहने क्षेत्र भएका कारण त्यस्ता क्षेत्रमा त्यस किसिमका गतिविधि हुँदा दुई देश बीचको शान्ति प्रकृया तथा सम्बन्धमा दरार उत्पन्न हुने भएका कारण उक्त कानुन ल्याइएको बताएका छन् ।
पछिल्लो समयमा दुई कोरिया बीचको सम्बन्धलाई लिएर प्योङयाङ बिरोधी पर्चा उत्तर कोरिया तर्फ उडाउन बन्द गर्ने प्रस्ताव संसदमा पेश गरिएको थियो । उक्त प्रस्ताव पेश गरिएसँगै अब सीमा क्षेत्रमा उत्तर कोरिया बिरोधी कुनै पनि पर्चा तथा पम्प्लेटहरु उडाउन पाइने छैन । यदि कसैले उक्त कार्य गरेको पाइएमा ३ बर्ष कैद र २७,००० अमेरिकी डलर जरिमाना गरिने छ ।
सन् २०१८ मा नै दुबै देशका नेताहरुले सहमति गरेको उक्त गतिविधि बन्द गराउने सम्झौता हालसम्म पनि कार्यान्वयनमा आएको थिएन । ६ महिना अघि किम जोङ उनकी बहिनी किम यो जङ्गले सोही मुद्दालाई लिएर दक्षिण कोरिया बिरुद्ध आक्रामक रुपमा प्रस्तुत भएसँगै उक्त गतिविधिलाई गैर कानुनी बनाउन संसदमा प्रस्ताव पेश गरिएको थियो । संसदमा भएको मतदानका क्रममा पर्चा उडाउने गतिविधि बन्द गराउने पक्षमा १८७ मत परेको थियो भने बिपक्षमा शुन्य मत परेको थियो ।
सन् १९५०-५३ मा भएको कोरियाली युद्ध पश्चात कोरियाली प्रायद्वीप शान्त रहन सकेको छैन । युद्ध अन्त्य भएता पनि आपसी कटुता भने अझै ब्याप्त नै रहेको छ । दुई कोरिया बीच सम्बन्ध सुधारका अनेकौँ प्रयास भएता पनि हालसम्म अपेक्षित नतिजा भने आउन सकेको छैन । संसदको पछिल्लो कदमले सम्बन्ध सुधारमा केही मलजल गर्ने भने विज्ञहरुले अनुमान गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस