सोल — दक्षिण कोरियाली राजधानी शहर सोल तथा ख्योङ्गीमा कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्नका लागि भन्दै स्थानीय सरकारहरुले चार जना भन्दा बढीको भीडभाडलाई बन्देज लगाएका छन् । क्रिसमसको पूर्वसन्ध्यामा मानिसहरुको भीडभाडका कारण कोरोनाको जोखिम थप हुने भन्दै आगामी जनावरी ३ तारिख सम्म उक्त नियम लागु गरिएको स्थानीय प्रशाशनहरुले बताएका छन् ।
डिसेम्बर ८ तारिखबाट लागु गरिएको २.५ तहको सामाजिक दुरीलाई हाल बढाएर ३ तहको बनाइएको छ । हाल स्थानीय सरकारहरुको उक्त नियम त्यो भन्दा पनि कडा रहेको समाचारमा बताइएको छ । यस अघि ५० जना सम्मको निजि भेलालाई स्वीकृति दिइएको थियो ।
हालको सरकारी कदम समुदाय स्तरमा फैलिसकेको कोरोना भाइरसलाई परिवारका सदस्य सम्म नपुगोस भनेर सरकारले यति कठोर निर्णय लिएको सोल महानगरका कार्यकारी मेयर सो जङ्ग ह्युकले बताएका छन् । सरकारले कोरोना भाइरस नियन्त्रण गर्न जुनसुकै हद सम्मको निर्णय समेत लिन सक्ने उनले बताएका छन् ।
हाल दक्षिण कोरियामा संक्रमण दैनिक १००० बढी भेटिन थालेको तर्फ संकेत गर्दै उनले नागरिकको सकारात्मक सहकार्य बिना कोरोना रोकथाम असफल हुने बताउदै उनले सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको लडाईमा साथ दिन अनुरोध समेत गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस