सोल – हाल दक्षिण कोरियाका अधिकांश पर्यटकीय क्षेत्रहरु तथा जाडोमा गरिने विभिन्न खेल ब्यवसायहरु बन्द गरिएका छन् । कोरोना भाइरस संक्रमणको तेश्रो लहर सुरु हुने आशंकाका कारण ति क्षेत्रहरु बन्द गरिएका हुन् । सरकारको उक्त निर्णय पश्चात स्की रिसोर्ट, स्लेडिङ पार्क तथा स्केटीङ सञ्चालन गरिने क्षेत्रहरु प्रभावित हुने छन् ।
सरकारले होटलहरुलाई समेत ५० प्रतिशत मात्र बुकिङ लिन निर्देशन दिएको छ । त्यसै गरि बर्षको पहिलो सुर्योदय हेर्न ठूलो भीडभाड हुने क्षेत्रहरु ज्योंडोनजीन, ग्याङज्योलगट तथा नाम हिमाल लगायतका पर्यटकीय क्षेत्रहरु आगामी जनावरी ३ तारिख सम्म बन्द गर्न निर्देशन दिइएको छ ।
सरकारको निर्देशन पश्चात होटलहरुले आफ्ना पार्टीहलहरु सञ्चालन गर्न पाउने छैनन् । रेष्टुरेन्ट तथा बारहरु समेत बन्द गरिने छन् । मानिसहरुका भेलाहुन सक्ने सम्भावित सबै क्षेत्रहरु बन्द गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
केही दिन अघि मात्र प्रधानमन्त्री चुङ साई क्युनले कोरोना भाइरसको संक्रमण कम गर्न सरकारले कडा नियम ल्याउन लागेको जानकारी दिएका थिए । उनले सरकारकाृ उक्त कदममा साथ दिन नागरिकहरुलाई अपिल समेत गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस