सोल – दक्षिण कोरियामा तैनाथ अमेरिकी सैनकिहरुका लागि कोरोना भाइरस विरुद्धको खोप शुत्रबार दक्षिण कोरिया आइपुगेको छ । अमेरिकी औषधि निर्माता कम्पनी मोड्रेनाले निमार्ण गरेको उक्त खोप दक्षिण कोरियामा ल्याइएको पहिलो कोरोना भाइरस वरिुद्धको खोप हो ।
अमेरिकी सामान डेलिभरी गर्ने कम्पनी फेडेक्सको कार्गो प्लेनबाट औषधि स्थानीय समय अनुसार १२ः५४ बजे इञ्चोन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको विमानस्थल अधिकारीहरुले बताएका छन् । उक्त विमानले करिव १००० थान कोरोना विरुद्धको खोप ल्याएको अधिकारीहरुले बताएका छन् । उक्त खोप अमेरिकी सैनिकको बेसक्याम्प स्थित अस्पताल लगिएको छ ।
अमेरिकी फौजका दक्षिण कोरिया कमाण्डर जेनरल रोबर्ट अब्राह्मसका अनुसार अमेरिकी सैनिकहरुले अबको केही दिनमा कोरोना विरुद्धको खोप लिन सुरु गर्ने छन् । उक्त खोप अलगुड आर्मी कम्युनिटी हस्पिटलबाट प्रदान गरिने छ ।
हाल दक्षिण कोरियामा २८५०० हाराहारीमा अमेरिकी सैनिकहरु कार्यरत छन् । उत्तर कोरियाबाट हुनसक्ने सम्भावित खतराबाट सुरक्षा दिन उनीहरु दक्षिण कोरियामा तैनाथ रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस