सोल – दक्षिण कोरियामा कार्यरत अमेरिकी सेना तथा अमेरिकी सैनिक बेसक्याम्पमा कार्यरत दक्षिण कोरियाली नागरिकहरुले कोरोना भाइरस बिरुद्धको खोप लिन सुरु गरेका छन् । यहाँ कार्यरत सैनिकहरु कोरोना भाइरस बिरुद्धको खोप लगाउने पहिलो अमेरिकी नागरिक रहेको समेत समाचारमा बताइएको छ ।
अमेरिकी बेसक्याम्पमा कोरोना भाइरस बिरुद्धको मोड्रेना कम्पनिको खोप गत हप्ता मात्र आइपुगेको थियो । खोप अग्रपङ्तिमा खटिएका कर्मचारीलाई लगाइने निर्देशन अनुरुप उनीहरुलाई खोप लगाउन सुरु गरिएको कन्हरिया स्थित अमेरिकी सैनिक बेस क्याम्पका अधिकारीले बताएका छन् ।
यस खोप कार्यक्रममा दक्षिण कोरियाका तर्फबाट अकेरिकी सैनिक बेसक्याम्पमा खटिइएका कर्मचारीहरु समेत लाभान्वित भएका छन् । अधिकारीहरुका अनुसार उनीहरुलाई पहिलो चरणको खोप लगाउन सुरु गरिसकिएको छ ।
हाल दक्षिण कोरिया स्थित अमेरिकी सैन्य क्याम्पमा करिव ३००० दक्षिण कोरियाली नागरिकहरु कार्यरत छन् । उक्त खोप कार्यक्रम अन्तरगत उनीहरु समेत लाभान्वित हुने सैनिक अधिकारीहरुले जानकारी दिएका छन् । यता दक्षिण कोरियाले भने आगामी फेब्रुअरीबाट मात्र खोप कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस