सोल – दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले आगामी साता आफ्नो बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस २१ सार्वजनिक गर्ने भएको छ । एप्पल कम्पनीका फोनलाई कडा टक्कर दिने यस फोनले अन्य चिनियाँ ब्राण्डहरुलाई पनि टक्कर दिने कम्पनीले दावी गरेको छ ।
आगामी जनावरी १४ तारिखको स्थानीय समय अनुसार बिहान १० बजे उक्त स्मार्टफोन अनलाइन मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । कम्पनीले उक्त फोन उद्घाटनको मुख्य नारा “वेलकम टु द एभ्रीडे इपिक” राखेको बताएको छ ।
कम्पनीले हालको परिस्थितिमा मानिसहरु घरै बसेर काम गरिरहेका कारण दिक्क भइरहेको बेला आफ्नो कम्पनीको यो नयाँ स्मार्टफोनले हरेक दिन नयाँ अनुभव दिने विस्वास समेत ब्यक्त गरेको छ । कम्पनीले फोन बारे खासै तथ्यहरु भने बाहिर निकालेको छैन ।
यता कम्पनी जानकारहरुका अनुसार भने कम्पनिका एस २१ फोनहरुमा ६.२ इञ्च डिस्प्ले, एस २१ प्लस फोनहरुमा ६.७ इञ्च डिस्प्ले तथा एस २१ अल्ट्रा फोनहरुमा ६.८ इञ्च डिस्प्ले प्यानल हुने छन् । यसमा उच्च प्रविधिको स्टाइलस एस पेन समेत हुने अधिकारीहरुले भनेका छन् । यसका अलावा पछाडीका क्यामराहरुमा समेत कम्पनिले ब्यापक सुधार गरेको अधिकारीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस