सोल – दक्षिण कोरियाको सोल जिल्ला अदालतले दोश्रो विश्वयुद्ध ताका यौन दास बनाइएका दक्षिण कोरियाली नागरिकहरुलाई क्षतिपुर्ति दिनु पर्ने फैसला गरेको छ । जापानले उक्त समयमा दक्षिण कोरियाली महिलाहरुलाई यौन दासीका रुपमा प्रयोग गरेको थियो ।
अदालतको फैसला अनुसार हाल बाँचीरहेका एक दर्जन बढी जापानले बनाएका यौन दासीहरुलाई प्रति व्यक्ति १ करोड वोन क्षतिपुर्ति तिर्नु पर्ने छ ।
अदालतले आफ्नो फैसलामा भनेको छ, “सम्पुर्ण तथ्य र प्रमाणलाई नियाल्दा पिडितहरुलाई उक्त समयमा अकल्पनीय मानशिक तथा शारिरिक पिडा दिइएको थियो तर कुनै प्रकारको क्षतिपुर्ति दिइएको थिएन ।”
मुद्दा दर्ता भएको करिव ८ बर्ष पश्चात अदालतबाट उक्त मुद्दामा फैसला आएको हो ।
उक्त समयमा करिव दुई लाख बढी कोरियाली महिलाहरुलाई जापानले यौन दासीका रुपमा प्रयोग गरेको भएता पनि सरकारी प्रमाणीत सुचीमा भने जम्मा १६ जना मात्र रहेका छन् । मुद्दा दर्ता गर्दाको समयमा १२ जना जिवित रहेका थिए भने हाल जम्मा ५ जना मात्र जिवित रहेका छन् ।
दक्षिण कोरियाबाट आएको फैसला लगत्तै जापानी पक्षबाट उक्त फैसलाका बिरुद्ध पुनरावेदन जाने प्रतिकृया आएको समाचारमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस