सोल – दक्षिण कोरियाली प्रहरीले घर बाहिर पर्याप्त कपडा नलगाएको अवस्थामा एक तीन बर्षीया बालिकालाई भेट्टाए पश्चात उनकी आमालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । गाङ्बुक प्रहरीका अनुसार प्रहरीले बालिकाकी आमालाई बालिका माथि दुर्व्यवाहार गरेको आरोपमा अनुसन्धान गरिरहेको बताएको छ ।
प्रहरीका अनुसार माइनस ११ डिग्रीको चिसोमा ति बालिका पर्याप्त कपडा नलगाएको अवस्थामा बेलुकी करिव ५:४० बजे तिर बन्द स्टोर नजिकै फेला परेकी थिईन् । प्रहरीले उनलाई भेट्दा उनी दिनभरबाट भोकै थिइन् भने सहयोगको अपेक्षा गरिरहेकी थिइन् ।
बालिकाकी आमा काममा गएको र उनी घर बाहिर निस्केको थाहा नपाए पश्चात आमाले ढोका लगाएकी थिइन् । त्यस पछि उनी दिनभर नै घर बाहिर रहेकी थिइन् । प्रहरीले उनको स्वास्थ्य स्थिति हेरेर स्याहार केन्द्र लगेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ति बालिकाकी आमाले पहिल्यैबाट उनलाई बेवास्ता गर्ने गरेको पाइएको छ । छिमेकीहरुसँगको बयान सकिएको र बिस्तृत अनुसन्धान बाँकी नै रहेकाले प्रहरीले थप जानकारी दिन नचाहेको समाचारमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस