सोल – पछिल्लो पटक दैनिक १००० हाराहारीमा कोरोना संक्रमित फेला पर्न थाले पश्चात कडा सामाजिक दुरी तथा निषेधाज्ञा लगाएको दक्षिण कोरियाले संक्रमण दर ५०० हाराहारीमा आए पश्चात केही खुकुलो बनाउने घोषणा गरेको छ । दक्षिण कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्र केडिसिएका अनुसार अब सामाजिक दुरी नियम लाई तेश्रो तहबाट २.५ तहमा घटाइएको छ ।
प्रधानमन्त्री चुङ साइ क्युनका अनुसार लागु हुँदै आएको सामाजिक दुरी नियम अरु दुई हप्ताका लागि बढाइएको छ । हाल बढाइएको नियम अन्तरगत ब्यापारिक केन्द्रहरुलाई सुरक्षात्मक उपायका साथ सञ्चालनमा ल्याउन दिइने प्रधानमन्त्री क्युनले बताएका छन् ।
रेष्टुरेन्ट, जीमहल लगायतका क्षेत्र समेत सञ्चालनमा ल्याउन सकिने गरि नयाँ सुरक्षा निति लागु गरिएको क्युनले बताएका छन् । उनले राजधानी सोलमा २.५ तहको सामाजिक दुरी लागु गरिए पनि मुलुकका अन्य भागमा भने २ तहको सामाजिक दुरी नियम लागु गरिने बताएका छन् ।
परिमार्जित प्रतिवन्ध अनुसार ५ जना बढीको भीडलाई बन्द गर्ने, मास्क अनिवार्य गर्ने लगायतका नियम यथावतै रहेका छन् । यसका अलावा सरकारले सम्पुर्ण ब्यापारिक क्षेत्रलाई रातको ९ बजे पश्चात अनिवार्य बन्द गर्ने नियम समेत यथावत राखेको छ । धार्मिक क्षेत्रलाई भने सुरक्षा सावधानीका साथ खुला गर्ने तयारीमा सरकार रहेको क्युनले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस